वामदेव अब राष्ट्रिय सभाबाट प्रतिनिधि सभातिर, बर्दिया १ बाट उठ्न राजीनामा दिँदै « Khabarhub

वामदेव अब राष्ट्रिय सभाबाट प्रतिनिधि सभातिर, बर्दिया १ बाट उठ्न राजीनामा दिँदै


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतम फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बन्ने भएका छन् ।

हाल राष्ट्रिय सभाका सदस्य रहेका उनलाई नेकपाले बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उठाउने पक्का भएको छ ।

उनले आइतबार माथिल्लो सदन राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिने तयारी गरेका छन् ।

नेकपाका संयोजक पुष्पकमल दाहालले वामदेवलाई बर्दिया-१ बाट चुनाव लड्न सुझाएका हुन् । चुनावी तयारीका लागि अहिले वामदेव बर्दियामा खटिइरहेका छन् ।

यसअघि ०७४ सालमाको निर्वाचनमा उनी नेपाली कांग्रेसका नेता सञ्जयकुमार गौतमसँग पराजित भएका थिए ।

त्यसबेला गौतमले आफूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले हराएको भनेर सार्वजनिक आरोप लगाएका थिए ।

आफूले प्रधानमन्त्रीमा दाबी गरेपछि ओलीले एमालेका अर्का नेता सूर्य थापालगायतलाई बर्दिया पठाएर हराएको आरोप गौतमले लगाएका थिए ।

वामदेव करिब ४ वर्ष एमालेबाहिर बसेपछि गत कात्तिक १९ गते नेकपामा प्रवेश गरेका थिए । उनले नेकपाका लागि एक करोड भोट ल्याएर बहुमतसहितको पहिलो दल बनाउने बताएका थिए ।

उता बर्दिया क्षेत्र नम्बर २ २०७९ मा नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित लालवीर चौधरीले नेकपाबाट टिकट लिने भएका छन् । नागरिक उन्मुक्तिलाई अहिले नेकपामा गाभिएको अवस्था छ ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ५ : ५७ बजे

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवा लिने सेवाग्राहीको चाप उच्च

झापा– झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो

मल्टिस्टारर बन्ने भयो ‘द राइज अफ साम्राज्य’, विजयको पनि प्रवेश

काठमाडौँ- सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्म ‘द राइज अफ साम्राज्य’

रघुगङ्गामा ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण