पाकिस्तानको पञ्जाबमा सडक दुर्घटना, १४ जनाको मृत्यु « Khabarhub

पाकिस्तानको पञ्जाबमा सडक दुर्घटना, १४ जनाको मृत्यु


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

इस्लामबाद– पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको सरगोधा जिल्लामा शनिबार बिहान भएको भीषण सडक दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने केही अन्य घाइते भएका छन्।

उद्धार अधिकारीहरूका अनुसार घना कुहिरोका कारण दृश्यता अत्यन्त कम हुँदा एक मिनी–ट्रक अनियन्त्रित भई सडकबाट खस्दै सुक्खा नहरमा पुगेको थियो। दुर्घटनास्थलमै सात जनाको मृत्यु भएको थियो भने गम्भीर घाइतेहरूलाई तत्काल नजिकका अस्पतालमा लगिएको थियो।

अस्पतालमा उपचारका क्रममा थप सात जनाको मृत्यु भएपछि मृतक संख्या १४ पुगेको अधिकारीहरूले बताएका छन्। कुहिरोका कारण मोटरवे बन्द भएपछि चालकले वैकल्पिक स्थानीय मार्ग प्रयोग गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

सूचना प्राप्त हुनासाथ रेस्क्यु ११२२ का टोली घटनास्थलमा पुगेर उद्धार तथा राहत कार्य सञ्चालन गरेका थिए। दुर्घटनामा महिलाहरू र बालबालिकासमेत परेको पुष्टि भएको छ। मृतक तथा घाइते सबै इस्लामावादका बासिन्दा रहेको उद्धार अधिकारीहरूले जनाएका छन्।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ६ : ०४ बजे

अर्थसँग सम्बन्धित चार ऐन र एक नियमावली खारेज गर्नेगरी विधेयक संसद्‌मा दर्ता

काठमाडौं– सरकारले आर्थिक क्षेत्रसँगसम्बन्धी विभिन्न चारवटा ऐन र एक नियमावली

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा २ हजार ८ सय

इजरायलमा अक्टोबर २७ मा आम चुनाव हुने

एजेन्सी– क्षेत्रीय युद्ध, आन्तरिक राजनीतिक दबाब र भ्रष्टाचारसम्बन्धी मुद्दाबीच इजरायलले

कोशी अस्पतालको अतिक्रमित जग्गामा डोजर चल्यो 

विराटनगर– विराटनगरस्थित कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी निर्माण

बत्ती अवरुद्ध हुने समस्या समाधान गर्न कर्णालीमा ‘यान्त्रिक क्रेन’ पठाइने

काठमाडौँ– सरकारले कर्णालीमा विद्युत् अवरुद्ध हुने समस्या समाधानका लागि ‘यान्त्रिक