पाकिस्तानको पञ्जाबमा सडक दुर्घटना, १४ जनाको मृत्यु « Khabarhub

पाकिस्तानको पञ्जाबमा सडक दुर्घटना, १४ जनाको मृत्यु


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

इस्लामबाद– पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको सरगोधा जिल्लामा शनिबार बिहान भएको भीषण सडक दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने केही अन्य घाइते भएका छन्।

उद्धार अधिकारीहरूका अनुसार घना कुहिरोका कारण दृश्यता अत्यन्त कम हुँदा एक मिनी–ट्रक अनियन्त्रित भई सडकबाट खस्दै सुक्खा नहरमा पुगेको थियो। दुर्घटनास्थलमै सात जनाको मृत्यु भएको थियो भने गम्भीर घाइतेहरूलाई तत्काल नजिकका अस्पतालमा लगिएको थियो।

अस्पतालमा उपचारका क्रममा थप सात जनाको मृत्यु भएपछि मृतक संख्या १४ पुगेको अधिकारीहरूले बताएका छन्। कुहिरोका कारण मोटरवे बन्द भएपछि चालकले वैकल्पिक स्थानीय मार्ग प्रयोग गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

सूचना प्राप्त हुनासाथ रेस्क्यु ११२२ का टोली घटनास्थलमा पुगेर उद्धार तथा राहत कार्य सञ्चालन गरेका थिए। दुर्घटनामा महिलाहरू र बालबालिकासमेत परेको पुष्टि भएको छ। मृतक तथा घाइते सबै इस्लामावादका बासिन्दा रहेको उद्धार अधिकारीहरूले जनाएका छन्।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ६ : ०४ बजे

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली