कांग्रेसमा फुटसँगै पूर्वमन्त्री कनौडिया एमालेतिर, ओलीले दिए प्रतिनिधि सभाको टिकट « Khabarhub

कांग्रेसमा फुटसँगै पूर्वमन्त्री कनौडिया एमालेतिर, ओलीले दिए प्रतिनिधि सभाको टिकट


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडिया शनिबार नेकपा एमालेमा प्रवेश गरेका छन् ।

कांग्रेसबाटै प्रतिनिधिसभाका लगि कपिलवस्तु क्षेत्र नम्बर ३ बाट एकल सिफारिस भएका पूर्व सहायक मन्त्री एवम् लुम्बिनी प्रदेशसभा सदस्य कनौडियालाई एमाले अध्यक्ष ओलीले पार्टीमा स्वागत गरे ।

शनिबार दिउँसो काठमाडौंमा ओलीबाट सदस्यता ग्रहण गर्दै उनी एमालेमा प्रवेश गरेका हुन् ।

कांग्रेस दुई टुक्रा भएसँगै माथिल्लोस्तरका नेताले पार्टी छाडेका हुन् । कनौडियाले एमाले प्रवेश गर्दा कपिलवस्तु क्षेत्र नम्बर ३ को टिकट पनि पक्का गरेका छन् । उनलाई ओलीले कपिलवस्तु ३ मा तयारी थाल्न भनिसकेका छन् । एमालेले शनिबार नै १६५ क्षेत्रको टिकट तय गर्दैछ ।

यसअघि २०७४ को प्रदेशसभा निर्वाचनमा उनी लुम्बिनी प्रदेश सभा सदस्य भएका थिए । उनी त्यसबेला प्रदेशसभा संसदीय दलको नेता पनि भएका थिए ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ६ : ३८ बजे

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन

रविमाथिको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध राष्ट्रिय युवा संघको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर संगठित अपराध