नेकपाले युवा नेता अशेषलाई दियो झापा १ मा प्रतिनिधि सभाको टिकट « Khabarhub

नेकपाले युवा नेता अशेषलाई दियो झापा १ मा प्रतिनिधि सभाको टिकट


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

झापा- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले झापा क्षेत्र नं. १ को टिकट युवा नेता अशेष घिमिरेलाई दिएको छ।

पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले शनिबार काठमाडौंमा इञ्जिनियरसमेत रहेका घिमिरेलाई टिकट प्रदान गरेका हुन् ।

हाल नेकपा केन्द्रीय सदस्यसमेत रहेका घिमिरे झापाको मेचीनगर–१० धुलावारी निवासी हुन् । नेकपा एमालेको विद्यार्थी फाँटबाट राजनीति थालेका ४२ वर्षीय घिमिरे तत्कालीन नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य पनि थिए ।

झापा–१ मा यसअघि नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा २०७९ को निर्वाचनमा नेकपा एमालेका अग्नि खरेललई हराएका थिए ।

उनले यसपटक चुनावमा उम्मेद्वार नबन्ने घोषणा गरेका छन् । तर कांग्रेसको बदलिँदो परिस्थितिमा थप निर्णय लिन बाँकी छ। उनले नउठ्न भनेपछि कांग्रेसले एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङसहित पाँचजनाको नाम सिफारिस गरेको छ।

एमालेबाट नगर अध्यक्ष राजु कार्कीसहितका नाम केन्द्रमा पुगेका छन् । एमालेले पनि शनिबार नै उम्मेद्वार तय गर्दैछ ।

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले युवा नेता केवलराम राई उम्मेद्वार बनाएको छ। झापा १ मा यस पटक युवा नेताहरूको भिडन्त हुने देखिएको छ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ६ : ५१ बजे

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने