चुनावको मुखमा इलामपछि झापाका नेकपा संयोजकले पनि छाडे पार्टी « Khabarhub

चुनावको मुखमा इलामपछि झापाका नेकपा संयोजकले पनि छाडे पार्टी


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी झापा जिल्ला संयोजक राजु आचार्यले शनिबार पार्टी छाडेको घोषणा गरेका छन् ।

आचार्यले सामाजिक सञ्जालमा आफ्ना भनाइ राख्दै नेकपा परित्याग गरेको घोषणा गरेका हुन् । ‘प्रचण्डको पार्टी आजको मितिबाट मैले छोडेको जानकारी गराउँछु,’ उनले भनेका छन्,  ‘यो पार्टीसँगको २७ वर्ष लामो यात्रा आजैबाट अन्त्य भएको छ ।’

नेता आचार्यले पार्टीले प्रतिनिधिसभाको सदस्यका लागि टिकट गरेको टिक वितरणमा असन्तुष्टि जनाउँदै पार्टी छोडेका बताइएको छ।

आचार्यले अबका दिनमा स्वतन्त्र नागरिकका रुपमा सक्रिय रहने बताएका छन् । यसअघि गत पुस २४ गते नेकपा इलाम संयोजक एवम् केन्द्रीय सदस्य धीरेन्द्र शर्माले पनि पार्टी छाडेका थिए ।

लामो समयदेखि माओवादीमा सक्रिय रहेका शर्माले तीन दशक लामो संगठनात्मक आबद्धता अन्त्य भएको बताएका थिए ।

उनी इलामका स्थापित तथा प्रभावशाली नेता हुन् । कोशी प्रदेशसभा पूर्वसदस्य समेत रहेका शर्मा जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक अभियानमा जोडिएका छन् ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ७ : ०५ बजे

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन