काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षसँग सम्बन्ध सुधारमा जुटेका छन् ।
सभापति थापाले शनिबार उपसभापति विश्वप्रकाश शर्मालाई साथमा लिएर शनिबार निवर्तमान देउवालाई उनको निजी निवास महाराजगञ्ज पुगेर भेटेका हुन् ।
दुईजना शीर्ष नेताले निवर्तमान सभापति देउवालाई भेटेको पुष्टि महामन्त्री गुरुराज घिमिरेले गरेका छन् ।
शुक्रबार मात्रै निर्वाचन आयोगले पुस २७ देखिमा माघ १ गतेसम्म काठमाडौंमा भएको विशेष महाधिवेशनमार्फत निर्वाचित थापा नेतृत्वको नयाँ केन्द्रीय कार्यसमितिलाई मान्यता दिएको थियो ।
यससँगै आयोगले देउवाको हस्ताक्षर चल्दै आएको कांग्रेसको अभिलेख अद्यावधिक गरे सभापति थापाको कायम गरेको थियो । कांग्रेस दुई समूहमा विभाजित भएको अवस्थामा दुई नेताले निवर्तमान सभापति देउवासँग सम्बन्ध सुधारको प्रयास थालेका हुन् ।
कांग्रेसका प्रवक्ता देवराज चालिसेले दुईजना शीर्ष नेताले देउवालाई भेटेको बताएका छन् । तर उनले दुई नेता र देउवाबीच के के कुराकानी भयो भन्नेबारे केही खुलाएनन् । उनले यस भेटलाई नियमित र शिष्टाचार भनेका छन् ।
दुई नेताले यअसघि विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै गर्दा गत बुधबार देउवालाई महाराजगञ्जमै भेटेका थिए । तर उनीहरूबीच कुरा नमिलेपछि कांग्रेस विभाजित हुन पुगेको थियो ।
कुरा नमिलेपछि देउवाद्वारा कार्यवाहक तोकिएका पूर्णबहादुर खड्काको अध्यक्षतामा सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले तत्कालीन थापा र शर्मा र तथा सह-महामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका कांग्रेसबाट निष्कास गरेको थियो ।
तर बुधबार दिउँसोदेखि बिहीबार बिहानसम्म चलेको दोस्रो विशेष महाविधेशनको बन्दसत्रले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
उक्त बन्दत्रबाट थापाको नेतृत्वमा १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भइसकेको छ। जसलाई निर्वाचन आयोगले मान्यता दिँदै चारतारे झन्डा, रुख र कांग्रेस गगनको पक्षमा हुने निर्णय सुनाइसकेको छ।













प्रतिक्रिया