रविमाथिको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध राष्ट्रिय युवा संघको प्रदर्शन (तस्बिरहरू)  « Khabarhub

रविमाथिको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध राष्ट्रिय युवा संघको प्रदर्शन (तस्बिरहरू) 


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयको विरोधमा नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ।

शनिबार नयाँ बानेश्वर क्षेत्रमा गरिएको प्रदर्शनमा सहभागीहरूले मुद्दा फिर्ता लिने निर्णय गैरकानूनी, अनैतिक र दण्डहीनतालाई प्रश्रय दिने खालको भएको आरोप लगाएका छन् । उनीहरूले राज्यका निकायले शक्तिशालीलाई उन्मुक्ति दिने प्रवृत्ति बढ्दै गएको भन्दै गम्भीर आपत्ति जनाएका थिए।

प्रदर्शनका क्रममा ‘दलालको राज भो, देशलाई अति लाज भो’, ‘न्यायाधीशको राजमा, कानून जल्यो साँझमा’, ‘गलत निर्णय फिर्ता ले’ जस्ता नारा लगाइएको थियो । युवा सङ्घका नेताहरूले कानून सबैका लागि बराबर हुनुपर्ने भन्दै राजनीतिक दबाबका आधारमा मुद्दा फिर्ता लिने निर्णय स्वीकार्य नहुने बताएका छन् ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ७ : ५४ बजे

डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना

डडेल्धुरा– डडेल्धुरा सार्वजनिक पुस्तकालयले ‘डोट्याली सङ्ग्रहालय’ स्थापना गरेको छ ।

कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा

टीकापुर– कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी घाटमा

गोकुल बास्कोटाको व्यंग्य– ‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ 

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारका

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा