रविमाथिको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध राष्ट्रिय युवा संघको प्रदर्शन (तस्बिरहरू)  « Khabarhub

रविमाथिको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध राष्ट्रिय युवा संघको प्रदर्शन (तस्बिरहरू) 


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयको विरोधमा नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ।

शनिबार नयाँ बानेश्वर क्षेत्रमा गरिएको प्रदर्शनमा सहभागीहरूले मुद्दा फिर्ता लिने निर्णय गैरकानूनी, अनैतिक र दण्डहीनतालाई प्रश्रय दिने खालको भएको आरोप लगाएका छन् । उनीहरूले राज्यका निकायले शक्तिशालीलाई उन्मुक्ति दिने प्रवृत्ति बढ्दै गएको भन्दै गम्भीर आपत्ति जनाएका थिए।

प्रदर्शनका क्रममा ‘दलालको राज भो, देशलाई अति लाज भो’, ‘न्यायाधीशको राजमा, कानून जल्यो साँझमा’, ‘गलत निर्णय फिर्ता ले’ जस्ता नारा लगाइएको थियो । युवा सङ्घका नेताहरूले कानून सबैका लागि बराबर हुनुपर्ने भन्दै राजनीतिक दबाबका आधारमा मुद्दा फिर्ता लिने निर्णय स्वीकार्य नहुने बताएका छन् ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ७ : ५४ बजे

प्रशान्त तामाङप्रति उर्लाबारीमा श्रद्धाञ्जली अर्पण तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

उर्लाबारी – दिवंगत गायक प्रशान्त तामाङको असामयिक निधनप्रति गहिरो दुःख

धमाधम सजाइँदै दमकमा बालेनलाई राख्ने घर (तस्बिरहरू)

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जसरी पनि हराउने

युगाण्डाको राष्ट्रपतिमा मुसेभेनी सातौँ कार्यकालका लागि निर्वाचित

कम्पाला – युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनी सातौँ कार्यकालका लागि अनुमोदित

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका

सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो

सुदूरपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा