सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो « Khabarhub

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा (साउनदेखि पुससम्म) यहाँ भएका सवारी दुर्घटनामा ३९ जनाले ज्यान गुमाएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनामा मृत्यु हुनेमध्ये ३० जना पुरुष, पाँच जना महिला र चार जना बालबालिका रहेका छन् । उक्त अवधिमा सवारीसाधन दुर्घटनामा परेर ३४५ जना गम्भीर र ७४२ जना सामान्य घाइते भएका कार्यालय प्रमुख प्रहरी निरीक्षक सालिकराम तिमिल्सिनाले जानकारी दिए ।

छ महिनाको अवधिमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको तथ्याङ्कले देखाएको छ । उपलब्ध विवरणअनुसार ४९८ मोटरसाइकल, ५८ वटा ई–रिक्सा (टेम्पो), २१ वटा ट्रयाक्टर र २० वटा ट्रक तथा ट्याङ्कर दुर्घटनामा परेका छन् ।

यहाँ गत आव २०८१/८२ मा ८३ जना र आव २०८०/८१ मा ६८ जनाको दुर्घटनामा ज्यान गएको थियो । ट्राफिक प्रमुख तिमिल्सिनाले सवारीसाधन दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सवारीसाधनमा ‘रिफ्लेक्टर’ टाँस्ने अभियान सञ्चालन गर्नुका साथै विद्यालय तहमा सडक सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रमलाई तीव्रता दिएको बताए ।

दुर्घटना कम गर्न सवारी चालक मात्र नभई पैदलयात्री र स्थानीय बासिन्दा पनि उत्तिकै सचेत हुन आवश्यक रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ८ : १३ बजे

डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना

डडेल्धुरा– डडेल्धुरा सार्वजनिक पुस्तकालयले ‘डोट्याली सङ्ग्रहालय’ स्थापना गरेको छ ।

कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा

टीकापुर– कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी घाटमा

गोकुल बास्कोटाको व्यंग्य– ‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ 

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारका

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा