म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत « Khabarhub

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ । आज यहाँ बेनीमा माघे सङ्क्रान्ति पर्वको अवसरमा कृषि विकास कार्यालय र म्याग्दी उद्योग वाणिज्य सङ्घअन्तर्गत महिला उद्यम विकास समितिले आयोजना गरेको कृषि मेला प्रदर्शनीमा पहिलो, दोस्रो, तेस्रो र सान्तवना हुने किसानलाई पुरस्कृत गरिएको हो ।

काउली, अन्य तरकारी, फलफूल, जरे÷गानो र विविध समूहमा कृषकले उत्पादन गरेका उपजको मूल्याङ्कन गरी पुरस्कृत गरिएको कृषि विकास कार्यालयका प्रमुख सञ्जिव बाँस्तोलाले जानकारी दिए । “व्यावसायिक कृषकलाई प्रतिस्पर्धी बनाउनका लागि प्रोत्साहन र हौसला प्रदान गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो”, उनले भने , “५० जनाभन्दा बढी कृषकले आफूले उत्पादन गरेका उपज प्रदर्शनीमा ल्याएका थिए ।”

पुरस्कृत भएकाहरूलाई कार्यालय प्रमुख बाँस्तोला, म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठ, महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।

काउलीबालीमा बेनपा–१ का तेजबहादुर बरुवाल प्रथम, मङ्गला–२ का हरिकृष्ण अधिकारी दोस्रो, बेनपा–२ का नारायणबहादुर कार्की तृतीय र बेनपा–१ का रुद्रबहादुर थापा सान्त्वना हुनुभएको छ । अन्य तरकारीमा बेनपा–२ का चन्द्रबहादुर कार्की प्रथम, रघुगङ्गा–३ का जीतबहादुर खत्री दोस्रो, बेनपा–६ का श्रीलाल रिजाल तृतीय र अन्नपूर्ण–६ का राम बरुवाल सान्त्वना भएका कृषि विकास कार्यालयका प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेलले बताए ।

फलफूलबालीतर्फ रघुगङ्गा–१ का वीरबहादुर तिलिजा प्रथम, मङ्गला–२ का श्रीकृष्ण पौडेल दोस्रो, अन्नपूर्ण–३ का दुर्गादत्त सुवेदी तेस्रो र बेनपा–१ का ईश्वर केसी सान्त्वना भए । जरे÷गानोबाली समूहमा रघुगङ्गा–१ का ढकबहादुर पुन प्रथम, रघुगङ्गा–८ का विमला शेरपुञ्जा मगर दोस्रो, मङ्गला–२ का छमलाल पौडेल तेस्रो र बेनपा–५ का आदर्श कृषि फर्म सान्त्वना भएका छन् ।

विविधतर्फ बेनपा–९ का भीमबहादुर सुवेदी प्रथम, धौलागिरि–७ का ओमबहादुर थापा दोस्रो, बेनपा–४ का डिल केसी तेस्रो र बेनपा–७ का साधनाकुमारी श्रेष्ठ सान्त्वना भएका छन् ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ८ : ३९ बजे

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगीकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी

अवकाशपछि कृषि उद्यम : पूर्व प्रधानाध्यापकको ७० रोपनीमा व्यावसायिक खेती

डडेल्धुरा– डडेल्धुरामा एक पूर्व प्रधानाध्यापकले व्यावसायिक कृषि व्यवसायमार्फत लाखौँ रुपैयाँको कारोबार

सदनको जनसरोकारका विषयको प्रगति सांसदलाई फोन गरेरै जानकारी गराइने

काठमाडौं– सरकारले संघीय संसद्मा सांसदहरूले उठाउने जनसरोकारका प्रश्न तथा समस्या

गणेश नेपालीको आत्मदाहबारे वीरको प्रष्टीकरण : सक्दो प्रयास गर्‍यौँ, बचाउन सकेनौँ

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेका गणेश नेपालीको निधनबारे वीर

गणेश नेपालीको मृत्युपछि महानगर र सरकारविरुद्ध प्रदर्शन

काठमाडौं– मुगुका गणेश नेपालीको मृत्युको घटनापछि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन