कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार « Khabarhub

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

शेरधनसँग अजम्बर भिड्ने, केपीसँग रञ्जित


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी प्रदेशबाट पनि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको धमाधम टुंगो लगाइरहेको  ।

नेकपाले कोशी प्रदेशका ९ वटा निर्वाचन क्षेत्रका उम्मेदवार तय गरेको छ। नेकपा नेता हरिबोल गजुरेलले ती क्षेत्रका उम्मेदवारलाई संयोजक पुष्पकमल दाहाल प्रचण्डले टिकट दिइसकेको बताए ।

गजुरेलका अनुसार झापा क्षेत्र नम्बर १ का लागि युवा नेता अशेष घिमिरेको नाम टुङ्ग्याइएको छ। उनी नेकपा एकीकृत समाजवादीमा हुँदा पोलिटब्युरो सदस्य थिए । यहाँ २०७९ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले जितेका थिए । उनले यस पटक नउठ्ने बताएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जित्दै आएको झापा निर्वाचन क्षेत्र नम्बर ५ का लागि युवा नेता रञ्जित तामाङलाई टिकट दिइएको छ । यहाँबाट राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र साह पनि उठ्ने तयारीमा छन् ।

नेकपाले भोजपुरको प्रतिनिधिसभाका लागि युवा नेता अजम्बर काङमाङ राईलाई टिकट दिएको छ। उनी टिकट लिएर भोजपुरमा खटिइसकेका छन् । भोजपुरमा उनको प्रतिस्पर्धा एमाले सचिव तथा कोशीका पूर्वमुख्यमन्त्री शेरधन राई र नेपाली कांग्रेसका बालकृष्ण थापासँग हुने सम्भावना करिब पक्का छ।

ताप्लेजुङमा नेकपाले २०७० मा एमाले योगेश भट्टराईसँग पराजित खेलप्रसाद बुढाथोकीलाई टिकट दिएको छ। त्यहाँ एमाले अध्यक्ष ओलीले क्षितिज थेवेलाई टिकट दिने तयारी गरेका छन् ।

पाँचथरमा हर्कबहादुर नेम्वाङ (मिक्सो) लाई टिकट दिइएको छ । यहाँबाट एमालेका वसन्त नेम्वाङले २०७९ मा चुनाव जितेका थिए । उनी अहिले गम्भीर बिरामी रहेकाले एमालेले अरू कसैलाई अघि सार्न सक्छ ।

नेकपाले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा सूर्यप्रसाद भट्टराई ‘मनोज’ लाई टिकट दिएको छ।  उनी धरानका चर्चित वडाध्यक्ष हुन् । उनले अब धरानका मेयर हर्क साम्पाङसँग प्रतिस्पर्धा गर्नेछन् ।

मोरङ क्षेत्र नम्बर ४ मा अमनलाल मोदीले फेरि टिकट पाएका छन् । उता मोरङ ५ मा शिवकुमार मण्डल र मोरङ ३ मा डाक्टर देउमान सम्बाहाम्फेलाई टिकट दिने पक्का भएको छ। उनीहरूलाई संयोजक प्रचण्डले टिकट दिन बाँकी छ ।

यही माघ ६ गते प्रतिनिधिसभामा प्रत्यक्षतर्फको मनोनयन हुँदैछ । गत कात्तिक १९ गते घोषित नेकपामा अहिले २० दल गाभिएका छन् । नेकपाले यसअघि सुदूरपश्चिमबाट पनि उम्मेदवार तय गरिसकेको छ ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ८ : ४५ बजे

चितवन ३ बाट सोबिता उठ्ने निश्चित, नेकपाकी रेनुसँग प्रतिस्पर्धा हुने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेताहरूको निर्वाचन क्षेत्र टुंग्याउन

सुर्खेत–१ मा रविकिरण हमालको चुनावी अभियान सुरु

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तथा सुर्खेत

प्रशान्त तामाङप्रति उर्लाबारीमा श्रद्धाञ्जली अर्पण तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

उर्लाबारी – दिवंगत गायक प्रशान्त तामाङको असामयिक निधनप्रति गहिरो दुःख

धमाधम सजाइँदै दमकमा बालेनलाई राख्ने घर (तस्बिरहरू)

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जसरी पनि हराउने

युगाण्डाको राष्ट्रपतिमा मुसेभेनी सातौँ कार्यकालका लागि निर्वाचित

कम्पाला – युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनी सातौँ कार्यकालका लागि अनुमोदित