युगाण्डाको राष्ट्रपतिमा मुसेभेनी सातौँ कार्यकालका लागि निर्वाचित « Khabarhub

युगाण्डाको राष्ट्रपतिमा मुसेभेनी सातौँ कार्यकालका लागि निर्वाचित


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

कम्पाला – युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनी सातौँ कार्यकालका लागि अनुमोदित भएका छन् ।

बिहीबार सम्पन्न निर्वाचनमा ८१ वर्षीय मुसेभेनीले ७१।६५ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । जितसँगै उनले पूर्वी अफ्रिकी देशमा ४० वर्षे शासन लम्ब्याउन सफल भएका छन् ।

उनले पूर्व गायकबाट राजनीतिज्ञ बनेका ४३ वर्षीय बबी वाइनलाई पराजित गरेका हुन् । वाइनले २४।७२ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

वाइनले राजनीतिमा प्रवेश गरेदेखि मुसेभेनीले निरन्तर दबाबको सामना गर्नुपरेको छ । उनी सन् २०२१ मा राष्ट्रपति पदको लागि पहिलो प्रतिस्पर्धा अघि धेरै गिरफ्तारीहरूको सामना गर्नुपरेको थियो ।

वाइनले ‘नक्कली परिणामहरूको पूर्ण अस्वीकार’ गर्ने बताएका छन् । निर्वाचनपछि परिवारसहित उनलाई घरमा नै नजरबन्दमा राखिएको थियो । उनी आफ्नो घरमा सुरक्षाकर्मीले छापा मारेपछि शुक्रबार राति घरबाट भाग्न सफल भएका थिए ।

“म उनीहरूको कब्जाबाट उम्कन सफल भएँ,” वाइनले शनिबार एक्समा पोस्ट गर्दै लेखेका छन् । “श्रीमती र परिवारका अन्य सदस्य नजरबन्दमा रहे पनि अहिले म घरमा छैन,” उनले भने ।

निर्वाचन परिणाम घोषणासँगै सुरक्षास्थितिलाई मध्यनजर गर्दै प्रशासनले देशको राजधानी लगायत मुख्य शहरहरूमा सुरक्षाकर्मीको व्यापक परिचालन गरेको छ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ९ : ०७ बजे

महेश बस्नेत भक्तपुर–२ बाट चुनाव लड्ने

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सचिव महेश बस्नेत भक्तपुर

एमाले अध्यक्ष ओली झापा-५ बाटै चुनाव लड्ने

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानै

चितवन-३ बाट सोबिता उठ्ने निश्चित, नेकपाकी रेनुसँग प्रतिस्पर्धा हुने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेताहरूको निर्वाचन क्षेत्र टुंग्याउन

सुर्खेत–१ मा रविकिरण हमालको चुनावी अभियान सुरु

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तथा सुर्खेत

प्रशान्त तामाङप्रति उर्लाबारीमा श्रद्धाञ्जली अर्पण तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

उर्लाबारी – दिवंगत गायक प्रशान्त तामाङको असामयिक निधनप्रति गहिरो दुःख