झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जसरी पनि हराउने भन्दै झापा क्षेत्र नम्बर ५ मा उठ्न कस्सिएका बालेन्द्र साहका लागि दमकस्थित एउटा घर मर्मत थालिएको छ।
बिहीबारदेखि उनका सहयोगीले दमक नगरपालिका-५ मा बालेनलाई राख्ने घरको अहिले धमाधम सजाउने काम भइरहेको छ।

उक्त घर रास्वपा नेतृ विन्दु सिटौला ‘लक्की’को हो । त्यही घरमा बसेर बालेनले झापा ५ को चुनावी प्रचार गर्ने भएका छन् ।
बालेन माघ ५ गते झापा पुग्ने चर्चा छ । उक्त घर उपलब्ध गराएकी विन्दुले यसअघि रास्वपाले समानुपातिक सूचीका लागि गरेको प्राइमरी इलेक्सनमा भाग लिएकी थिइन् ।
बालेनका लागि अरू दुईवटा घरको पनि अहिले खोजी भइरहेको छ। पहिले भेटिएको एउटा घर कुरा भएर पनि धनीले दिन अस्वीकार गरेका थिए ।




















प्रतिक्रिया