सुर्खेत–१ मा रविकिरण हमालको चुनावी अभियान सुरु « Khabarhub

सुर्खेत–१ मा रविकिरण हमालको चुनावी अभियान सुरु


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तथा सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवार रवि किरण हमालले चुनावी अभियान सुरु गरेका छन् ।

हमालले सुर्खेत–१ अन्तर्गत पर्ने वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १५ बाट आफ्नो चुनावी अभियानको औपचारिक सुरुआत गरेका हुन् । यसपटक उनले मनोनयन दर्ता अगावै मतदाता भेटघाट र जनसंवादलाई प्राथमिकता दिँदै अभियान अघि बढाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सुर्खेत–१ मा हमाललाई उम्मेदवारका रूपमा औपचारिक रूपमा तय गरिसकेकाले उनलाई प्रत्यक्ष रूपमा मतदातासमक्ष पुग्न सहज भएको पार्टी नेताहरूले बताएका छन् ।

अभियानको क्रममा हमालले निर्वाचनलाई केवल सत्ता प्राप्तिको माध्यम नभई जनसंवाद र वैचारिक बहसको मञ्चका रूपमा लिएको बताए। उनले भाद्र २३ र २४ गते नवोदित पुस्ताले गरेको बलिदानलाई संस्थागत गर्न, त्यसको ऐतिहासिक महत्व र भावी दिशानिर्देशबारे जनतालाई एक ठाउँमा ल्याउने उद्देश्यसहित आफू मैदानमा उत्रिएको स्पष्ट पारे।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  १० : ०० बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको