सुर्खेत–१ मा रविकिरण हमालको चुनावी अभियान सुरु « Khabarhub

सुर्खेत–१ मा रविकिरण हमालको चुनावी अभियान सुरु


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तथा सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवार रवि किरण हमालले चुनावी अभियान सुरु गरेका छन् ।

हमालले सुर्खेत–१ अन्तर्गत पर्ने वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १५ बाट आफ्नो चुनावी अभियानको औपचारिक सुरुआत गरेका हुन् । यसपटक उनले मनोनयन दर्ता अगावै मतदाता भेटघाट र जनसंवादलाई प्राथमिकता दिँदै अभियान अघि बढाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सुर्खेत–१ मा हमाललाई उम्मेदवारका रूपमा औपचारिक रूपमा तय गरिसकेकाले उनलाई प्रत्यक्ष रूपमा मतदातासमक्ष पुग्न सहज भएको पार्टी नेताहरूले बताएका छन् ।

अभियानको क्रममा हमालले निर्वाचनलाई केवल सत्ता प्राप्तिको माध्यम नभई जनसंवाद र वैचारिक बहसको मञ्चका रूपमा लिएको बताए। उनले भाद्र २३ र २४ गते नवोदित पुस्ताले गरेको बलिदानलाई संस्थागत गर्न, त्यसको ऐतिहासिक महत्व र भावी दिशानिर्देशबारे जनतालाई एक ठाउँमा ल्याउने उद्देश्यसहित आफू मैदानमा उत्रिएको स्पष्ट पारे।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  १० : ०० बजे

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व