ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट « Khabarhub

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


771
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापालाई नेकपा एमालेले प्रतिनिधिसभाको टिकट दिएको छ ।

शनिबार दिनभर बसेको एमाले सचिवालय बैठकमा आफूनिकटमध्ये अस्मितालाई टिकट दिएका हुन् । अस्मितालाई यअसघि एमाले महाधिवेशन प्रतिनिधि पनि दोस्रोपटकमा चयन गरेर गुन्डुको निर्देशनमा ल्याइएको थियो ।

ओखलढुंगामा २०७९ सालमा नेपाली कांग्रेसका रामहरि खतिवडासँग पराजित यज्ञराज सुनुवार टिकटका बलिया दाबेदार थिए। उनी एमालेको एघारौं महाधिवेशनमा ओली समूहमै खुलेर लागे पनि टिकट पाएनन् ।

यज्ञराजले टिकटको लागि ओलीसँग राम्रै लबिङ गरे पनि सुनुवाइ हुन सकेन । ओलीले आफूलाई बाका रूपमा सम्बोधन र सम्मान गर्दै आएकी पालिका उपाध्यक्ष थापालाई टिकट दिए ।

अब उनले पालिका उपाध्यक्षबाट राजीनामा दिएर माघ ६ गते मनोनयन गर्नेछिन् ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ११ : ०२ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको