‘श्री बुकुरो’ : मध्यान्तर नपुग्दै निर्देशक भड्किएपछि… « Khabarhub

समीक्षा

‘श्री बुकुरो’ : मध्यान्तर नपुग्दै निर्देशक भड्किएपछि…


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘श्री बुकुरो’ । फिल्मको नाम नै धेरैलाई अनौठो लाग्ला ! बुकुरोको अर्थ हो– सानो घर ।

नामबाटै यो फिल्म पारिवारिक कथामा बनेको बुझाउँछ । वास्तवमा यो फिल्म पनि यही जनरामा आधारित छ ।

फिल्मकी मियो अभिनेत्री लक्ष्मी गिरी हुन् । नायक आशीर्वाद क्षेत्री र नायिका निकिता आचार्य अर्का दुई शीर्ष पात्र हुन् ।

सुरुमा फिल्मको कथाबारे नै चर्चा गरौँ :

नाम बुकुरो भए पनि यो गरिब परिवारको कथा होइन । यसले उच्च मध्यम वर्गका संयुक्त परिवारको कथा भन्छ ।

कथाअनुसार लक्ष्मीका तीन छोरा हुन्छन् । उनका पति लय संग्रौला बितेसके । जेठो छोरा राजन इशान, माइलो छोरा प्रतीकराज न्यौपाने र कान्छा छोरा आशिर्वाद हुन् । आशीर्वाद सैनिक अधिकृत हुन्छन् ।

जेठा र माइलोको विवाह भइसकेको हुन्छ । जीवनको उताराद्र्धमा लक्ष्मी कान्छी बुहारीका रुपमा निकिता आचार्य (कुसुम) लाई भित्र्याउने कसरतमा हुन्छिन् । कुसुम लक्ष्मीकी बुहारी हुन्छिन् कि हुन्नन् ? फिल्मको मुख्य क्लाइमेक्स यही हो ।

फिल्मको शीर्षकलाई निर्देशकले पोस्ट क्लाइमेक्समा अटाएका छन् । निर्देशकले कान्छा छोरामार्फत् प्रमुख क्लाइमेक्स र माइलो छोरामार्फत् पोस्ट क्लाइमेक्स देखाएका छन् ।

सबल पक्ष

निर्देशकले फिल्मको मध्यान्तरअघि पात्र स्थापित मात्रै गरेका छन् । दर्शकलाई इन्गेज गराएर उनले पात्रहरूको परिचय दिएका छन् ।

कथाअनुसार घरमा माइला–माइली, जेठी बुहारी र आमा हुन्छन् । उता कान्छा छोरा सेनाको नोकरीमा । जेठा छोराको खोजी दर्शकका लागि स्वभाविक हुन्छ ।

त्यही खोजीमा निर्देशकले जेठा छोरालाई जोगीको भेषमा दर्शकसँग परिचित गराउँछन् । पर्दामा उनको प्रवेशसँगै दर्शकले केही हदसम्म थ्रील महसुस गर्छन् ।

परिवारभित्र सामान्यरुपले बगिरहेको कथामा निर्देशक थ्रील दिन सफल नै छन् । जेठा छोरा जोगी बन्नुको लजिक पनि कन्भिसिङ लाग्छ ।

कान्छो छोरो र कुशुमको प्रेम सम्बन्ध स्थापित गराउन फ्ल्यास ब्याकको साहारा लिइएको छ । फ्ल्यास ब्याक रोचक नै छ ।निर्देशककले सकेसम्म हरेक दृश्य अर्थपूर्ण देखाउन खोजेका छन् ।

कान्छो र आमाको वाइड सटमा उनले सहाराको प्रतिबिम्ब गराउने सहायक दृश्य राखेका छन् । यहाँ निर्देशकको क्रिएटिभिटी देखिन्छ । यो एउटा परिवारको कथा हो । परिवार भनेकै सहारा हो ।

लक्ष्मीको एक दृश्यमा मृत्यु काललाई प्रतिबिम्वित गर्न भैँसी देखाइएको छ । यो पनि रोचक लाग्छ ।

दर्शकलाई पर्दामा इन्गेज गराउन केही संवाद सस्पेन्सका रुपमा छोडिएको छ । केही संवाददले ‘यो भनेको के हो ?’ भन्ने दर्शकलाई लाग्न सक्छ । कथा बढ्दै गर्दा बिस्तारै ती संवादको अर्थ खुल्छ । दर्शकले पक्कै ‘ए !’ भन्छन् ।

स–साना पञ्चले दर्शकलाई हँसाइरहन्छ । यो फिल्मको बलियो पाटो हो । केही दृश्य मन भारी बनाउने पनि छन् ।

सामान्य हिसाबले अघि बढेको (ठूला उतारचढाव नभएको) कथालाई निर्देशकले यस्तै इलिमेन्ट प्रयोग गरेर रोचक बनाएका छन् ।

फिल्मको प्रशंसा गर्नलायक पाटो कलाकारको अभिनय हो । अभिनयमा लक्ष्मी अब्बल देखिन्छिन् ।

जेठी बुहारीले संवाद नबोली अभिनय क्षमता देखाएकी छन् । आशिर्वादको अभिनय सामान्य छ । डेब्यू नायिका निकिताले सम्भावना देखाएकी छन् । पर्दामा उनी सुन्दर देखिएकी छन् ।

फिल्मका दृश्यहरू रमाइलो लाग्ने छन् । हिमाली भेगका दृश्य मोहित बनाउने खालका छन् ।

ब्याक ग्राउन्डको साउन्ड र क्यामेरा वर्क ठीकठाक छ । पोस्टको काममा राम्रै मिहिनेत गरे जस्तो लाग्छ ।

कमजोर पक्ष

तीन छोरा र दुई बुहारीलाई मिलाएर राख्न सक्ने आमा लक्ष्मीको भूमिका गहन लाग्छ । उनी बुझकी आमा र सासू दुवै हुन् । तर, माइला छोरा र आमाको केमेस्ट्री अलिक अस्वभाविक देखिन्छ ।

त्यो उमेरको छोराले आमासँग त्यतिसम्म जिस्किने हर्कत गर्दैन कि ? भन्ने प्रश्न स्वभाविक रुपमा उठ्छ । फेरि फिल्ममा माइलो घर सम्हाल्ने छोरो पो हो त !

कान्छाको विवाह हुन नदिन वा खलपात्रका रुपमा दीपिका थापा (टिना)को प्रवेश हुन्छ । टिना पात्रको विशेष प्रभाव विवाहका लागि चिना देखाउने दृश्यमा सीमित छ ।

यही दृश्यबाट निर्देशक भड्किएका छन् । चिना देखाउँदाको परिवारिक उत्तारचढान असमान्य छ । र, निकै फिल्मी पनि लाग्छ ।

अघिसम्म शान्त र चाखपूर्वक हेरिरहेका दर्शक यहाँ आएर झस्किन्छन् । टिनाको खल भूमिका नै कन्भिन्सिङ छैन ।

कुसुमको हात माग्न जाने दृश्य अझ फिल्मी लाग्छ । स्वभाविक देखिँदैन । पूरा फिल्म चिप्लिएको दृश्य यहीँनेर हो ।

कुसुमको हात माग्न आएको अर्काे केटोसँग आमा–छोराको जम्काभेट नै प्री–क्लाइमेक्स हो । प्री–क्लाइमेक्स नै पट्यार लाग्दो छ । यहाँको परिस्थिति विकास र पात्र चयनमा निर्देशक चुकेका छन् ।

अर्को पक्षको दुलाहा बन्न आएकासँग आशिर्वादको द्वन्द्व नै कमसल छ । ‘क्रिन्ज’ छ ।

फिल्मलाई चिप्ल्याउन यी दुई दृश्य काफी छन् । आशिर्वादको पाटोको कथा द्वन्द्व विकास र ल्यान्डिङमा उनी भड्किए ।
फिल्मका यी दुई महत्त्वपूर्ण पाटो नै कसमल बन्दा फिल्म कमजोर बन्न मलजल पुगेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ९ : ३४ बजे

अध्यक्ष ओलीले आज चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै

झापा – नेकपा (एमाले)का अध्यक्ष एवं झापा ५ का उम्मेद्वार

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ ।

दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

दाङ– दाङमा पछिल्लो समय तोरी उत्पादनमा वृद्धि भएको छ ।

दिक्तेल–रेग्मीटार सडक : घर्तीभीरको चट्टान फुटाउन सुरु

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलाई पूर्वी तराईका जिल्लासँग

महिला एसिया कप : नेपाललाई ७ विकेटले हराउँदै भारत सेमिफाइनलमा

काठमाडौं – राइजिङ स्टार्स महिला एसिया कप क्रिकेट प्रतियोगितामा भारत