पर्यटकीय गाउँ धम्पुसमा पर्यटकीय आकर्षण  « Khabarhub

पर्यटकीय गाउँ धम्पुसमा पर्यटकीय आकर्षण 


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका– ७ को पर्यटकीय गाउँ धम्पुसमा आलडाँडा उद्यान (पार्क) निर्माण गरिएको छ । पर्यटकीय गाउँका रूपमा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित धम्पुसमा यस उद्यानले थप पर्यटन आकर्षण बढाउने र पर्यटकको बसाइ लम्ब्याउने अपेक्षा गरिएको छ । उद्यानमा बसेर आरामसहित मनोरम दृश्यावलोकन गर्न सकिने छ ।

उद्यानमा धम्पुस ब्रेकन भगिनी सम्बन्ध स्थापनाको स्मारक राखिएको छ । ढुङ्गैढुङ्गाले बनेको यस स्मारकले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्नेछ । दुई रोपनी जमिनमा रहेको उद्यानबाट उत्तरतर्फ लहरै ठडिएका हिमशृङ्खला तथा हेमजा र पोखरा बजारको दृश्यावलोकन गर्न सकिन्छ ।

धम्पुस समाज युकेको लगानी र अग्रसरतामा उद्यान निर्माण गरिएको हो । उद्यान निर्माणका लागि समाजको २६ लाख र स्थानीय सरकार तथा व्यक्तिगत सहयोग गरी ४० लाख खर्च भएको धम्पुस समाज युकेका संरक्षक मेजर खुशीमान गुरुङले जानकारी दिए । उनले ‘धम्पुस आफैँमा पर्यटकीय गाउँ हो । यहाँ आउने पर्यटकलाई थप आकर्षण बढाउने उद्देश्यले हामीले पार्क बनाएका हौँ ।’

धम्पुस र बेलायतको ब्रेकन सहरबीचको भगिनी सम्बन्ध स्थापनाको सातौँ वर्ष पुगेको छ । सोही अवसरमा हालै उद्यान औपचारिक उद्घाटन गरेर खुला गरिएको हो । धम्पुसबाट उत्तरतर्फ आँखै अगाडि देखिने अन्नपूर्णलगायतका हिमशृङ्खलाले पर्यटकलाई लोभ्याउने गरेको छ । उद्यान निर्माणपछि थप पर्यटक आगमन बढ्ने विश्वास गरिएको  माछापुच्छ्रे- ७ का वडाध्यक्ष बैकुण्ठप्रसाद भण्डारीले बताए ।

वडाध्यक्ष भण्डारीले भने, ‘पार्क निर्माणले धम्पुसको पर्यटनमा नयाँ आयाम थपिएको छ । यसबाट ग्रामीण पर्यटन प्रवर्द्धन हुनेछ भने धम्पुस र ब्रेकनको सम्बन्धलाई पनि थप प्रगाढ बनाउने छ ।’ पोखरादेखि २० किमी दूरीमा धम्पुस गाउँ पुगिन्छ । पोखरा–बाग्लुङ राजमार्गको घट्टेखोलाबाट धम्पुस जान सकिन्छ । धम्पुस विश्वप्रख्यात मर्दी हिमाल पदयात्राको प्रवेशद्वार पनि हो । धम्पुस हुँदै वार्षिक हजारौँ पर्यटकले मर्दीको पदयात्रा गर्ने गर्दछन् । (रासस)

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ९ : ११ बजे

एमालेमा नेतृत्व परिवर्तन बहस: प्रतिवेदनमा ओलीले रोके, केन्द्रीय कमिटीमा नेताले आवाज उठाउने

काठमाडौँ – कार्यदलले तयार पारेको प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

झापा– कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ ।

एमाले सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ ।

दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

तनहुँ– १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर

बेतबाँसको सीपले आयआर्जनमा सहयोग

बर्दिया– वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँपालिका–९