हिउँदयाम सुरु भएसँगै डढेलो रोकथाम गर्न सामग्री हस्तान्तरण « Khabarhub

हिउँदयाम सुरु भएसँगै डढेलो रोकथाम गर्न सामग्री हस्तान्तरण


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

भोजपुर– डिभिजन वन कार्यालयले सम्भावित वन डढेलो नियन्त्रण तथा रोकथामका लागि आवश्यक सहयोग सामग्रीसहित जिल्लाव्यापी सचेतनामूलक अभियान सुरुआत गरेको छ ।

हिउँदयाम सुरु भएसँगै बढ्दो सुक्खापन र तापक्रम वृद्धिले वन क्षेत्रमा आगलागीको जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै कार्यालयले उच्च जोखिमयुक्त क्षेत्रमा लक्षित कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यालयका अनुसार जिल्लाका नौवटै स्थानीय तहका दर्जनौँ क्षेत्र वन डढेलोको उच्च जोखिममा छन् । वन क्षेत्र आसपास हुने मानव गतिविधि, सुक्खा घाँसदाउरा तथा बढ्दो गर्मी डढेलोका प्रमुख कारणका रूपमा देखिएका छन् ।

भोजपुर डिभिजन वन कार्यालयका प्रमुख खुद्रुस मियाँका अनुसार डढेलो जोखिम न्यूनीकरण तथा सर्प उद्धारसम्बन्धी ११ प्रकारका २१६ थान सामग्री जिल्ला विपद् जोखिम न्यूनीकरण समितिलाई हस्तान्तरण गरिएको छ । डढेलो जोखिम न्यूनीकरणका लागि कार्यालयले अभियानका रूपमा कार्यक्रम अघि बढाएको छ ।

कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार पौवादुङमा गाउँपालिकाको ठूलोदुम्मा, सानोदुम्मा, बास्तिम, श्यामशिला र औलिया क्षेत्र उच्च जोखिममा छन् । त्यसैगरी, हतुवागढी गाउँपालिकाअन्तर्गत रानीवास, होम्ताङ (साविक वडा नम्बर ५ र ६), पालोपानी, हसनपुर–भालेडाँडा, खैराङ र डाँडाबर्क जोखिम सूचीमा सूचीकृत छन् । रामप्रसादराई गाउँपालिकाका मानेभञ्ज्याङ, कावा दोभान, सीतेडाँडा–मुलरेडाँडा–चिलाउनेटार, बेहेरे–बडहरे, सल्लेरी, कटुन्जे र जलापदेवी सल्लेरी क्षेत्रलाई उच्च जोखिमयुक्त मानिएको छ ।

त्यसैगरी, अरुण गाउँपालिकाको जरायोटार, सिक्रेटार, याकु, र्याङ, याङपाङ र चम्पे (तीनतले) क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ । भोजपुर नगरपालिकाका पारपानी, टक्सार, आम्तेक, पालुवा, हेलौछा, दाँवा र राममाटे क्षेत्र पनि जोखिममा परेका छन् ।

आमचोक गाउँपालिकाको पाङ्चा, धारापानी–सेतेगरगरे–कार्कीछाप, फेदी–ठूले वन, दुम्माना–पाथीभरा र देवानटार क्षेत्र संवेदनशील मानिएको छ । टेम्केमैयुङ गाउँपालिकाअन्तर्गत गोगने (सिङ्गेल खोला क्षेत्र), कोट (सिङ्गेल दोभान क्षेत्र), खाल्डे र केराबारी जोखिममा छन् ।

त्यस्तै, षडानन्द नगरपालिकाका देउराली–झ्यापोखरी, दिङ्ला, चिउरीबोटे, नेपालेडाँडा, कुदाकाउले र बैदारभञ्ज्याङ क्षेत्रलाई उच्च जोखिम क्षेत्रमा राखिएको छ । साथै साल्पासिलिछो गाउँपालिकाको कुलुङ, चौकीडाँडा र सालेवा दोभाने क्षेत्र पनि सम्भावित जोखिमयुक्त सूचीमा समावेश गरिएको छ ।

वन कार्यालयले स्थानीय तह, सुरक्षा निकाय तथा सामुदायिक वन उपभोक्ता समूहसँग समन्वय गरी जनचेतनामूलक कार्यक्रम, अग्नि नियन्त्रण सामग्री वितरण र नियमित निगरानीलाई तीव्रता दिएको जनाएको छ ।

वन क्षेत्रमा जथाभावी आगो बाल्न, खरानी फाल्न वा चुरोट फाल्न नदिन सर्वसाधारणलाई विशेष अनुरोध गरिएको छ । समयमै सचेतना, समन्वय र सामूहिक प्रयासमार्फत सम्भावित क्षति न्यूनीकरण गर्ने लक्ष्यसहित अभियान अघि बढाइएको कार्यालयले जनाएको छ । (रासस)

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  १० : ३० बजे

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर