जब विद्यार्थी नेताले बंगलादेशको आन्दोलनमा लगाएको टीसर्टमै सांसदको शपथ लिए… « Khabarhub

जब विद्यार्थी नेताले बंगलादेशको आन्दोलनमा लगाएको टीसर्टमै सांसदको शपथ लिए…


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

ढाका- बंगलादेशमा शेख हसिनाको सत्ता उखेल्ने गरी सन् २०२४ जुलाईमा भएको विद्रोहका प्रमुख नेता हसनात अब्दुल्लाहले सांसदका रूपमा शपथ ग्रहण गरेका छन्।

उनले सांसदको शपथ लिँदा जुलाई आन्दोलनका क्रममा लगाएको जर्सी नै लगाएका थिए।

हाल राष्ट्रिय सिटिजन पार्टी (एनसीपी) का दक्षिण क्षेत्रीय प्रमुख आयोजक रहेका हसनात फेब्रुअरी १२ मा सम्पन्न १३औँ संसदीय निर्वाचनमा कुमिल्ला–४ (देविद्वार) निर्वाचन क्षेत्रबाट विजयी भएका थिए।

उक्त क्षेत्रमा रहेका सबै मतदान केन्द्रमा उनले विजय हासिल गरेका थिए। नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण समारोह मंगलबार दिउँसो जातीय संसद भवनमा सम्पन्न भएको हो।

प्रमुख निर्वाचन आयुक्त एएमएम नासिर उद्दिनले सांसदहरूलाई शपथ गराएका थिए। हसनातले एनसीपीका अन्य पाँचजना निर्वाचित सांसदसँगै शपथ लिएका हुन्।

ती पार्टीका नेताहरू संवैधानिक सुधार परिषद्का सदस्यसमेत बनेका छन्।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  १ : ४८ बजे

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि