जेन-जीका नाममा लुटिएको पेस्तोल कुखुराको खोरमा भेटियो, एकजना पक्राउ, अर्का युवा फरार « Khabarhub

जेन-जीका नाममा लुटिएको पेस्तोल कुखुराको खोरमा भेटियो, एकजना पक्राउ, अर्का युवा फरार


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

झापा– गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा लुटिएको पेस्तोल, म्याग्जिन र गोली झापाको कन्काई नगरपालिका–८ मिश्रा टोलबाट बरामद भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खड्काका अनुसार जेन-जी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको सीएफ ९८९ एमएम पेस्तोल १ थान, ४० राउण्ड गोली र म्याग्जिन १ थान बरामद भएको हो ।

उक्त पेस्तोल र गोली स्थानीय तुलबहादु थापा मगरको घर पछाडि कुखुराको खोरमा लुकाई राखेको अवस्थामा भेटिएको हो। प्रहरीले तुलबहादुरको घरमा लागुऔषध लुकाइरहेको थाहा पाएपछि छापा मारेको थियो । तर लागुऔषध खोज्दा प्रहरीबाट लुटिएको पेस्तोल भेटिएको शो ।

प्रहरीले उक्त पेस्तोल बरामद भएपछि सुजय राजवंशीलाई पक्राउ गरेको छ । उक्त हतियार सुजयले नै भदौ २४ गत प्रहरी कार्यालयबाट लुटपाट गरेको पुष्टि भएको छ ।

तर उक्त पेस्तोल लुकाउने काममा संलग्न तुलबहादुर थापाका छोरा सौगात थापा मगर भने फरार भएका छन् । उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न २२ वर्षीय सुजय राजवंशीलाई नियन्त्रणमा लिएर मुलुकी अपराध संहिता २०७४ अनुसार अनुसन्धान र कारबाही भइरहेको खड्काले बताए ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  २ : २४ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट