स्वास्थ्यका लागि निकै लाभदायक र बहुगुणी खाद्यान्न मेथी  « Khabarhub

स्वास्थ्यका लागि निकै लाभदायक र बहुगुणी खाद्यान्न मेथी 



काठमाडौं– मेथी स्वास्थ्यका लागि निकै लाभदायक र बहुगुणी खाद्यान्न हो । हाम्रो रैथाने परम्परामा मेथीलाई ओखतीका रूपमा प्रयोग गर्ने चलन पुरानो छ । 

पहिलेका समयमा पेट दुख्दा वा पखाला लाग्दा बज्यैहरूले एक मुठी चामल र दुई मुठी दालमा मेथी र लसुनलाई घिउमा फुराएर बनाएको ‘मेथी जाउलो’ खुवाउने गर्नुहुन्थ्यो । 

बज्यैहरूलाई मेथीको वैज्ञानिक तथ्य थाहा नभए पनि उहाँहरूको रैथाने ज्ञानले नै स्वास्थ्य समस्या समाधान गर्थ्यो, जसको स्वाद र फाइदा आज पनि उत्तिकै सान्दर्भिक छ ।

आधुनिक विज्ञानले पनि मेथीमा प्रशस्त औषधीय गुण हुने पुष्टि गरिसकेको छ। यसमा रहेको रेसादार पदार्थले कब्जियत हटाउन मद्दत गर्छ भने चिनी रोग (मधुमेह) र उच्च रक्तचाप भएका व्यक्तिहरूका लागि पनि यसको सेवन निकै फाइदाजनक मानिन्छ । तर, मधुमेहका बिरामीले औषधि नै छोडेर मेथीको भर मात्र पर्नुहुँदैन भन्ने कुरामा भने सचेत हुनुपर्छ । 

सुत्केरी आमाहरूका लागि मेथीको खिर उत्तम पोषक आहार हो । मेथीलाई भिजाएर त्यसको पानी निचोरेर दूधमा पकाउँदा यसको तीतोपन कम हुन्छ र नियमित खाँदा स्वास्थ्यका लागि अमृत समान हुन्छ । विशेष गरी गर्भवती र सुत्केरी महिलाहरूलाई स्वस्थ राख्न मेथीले ठूलो भूमिका खेल्छ । सुत्केरी आमाले मेथी सेवन गर्दा स्तनमा दूधको मात्रा बढ्छ । 

गर्भवती महिलामा हुने कब्जियतको समस्या हटाउन बाहिरका महँगा औषधि खानुको सट्टा टुसा उमारेको मेथीको सलाद खानु बढी प्रभावकारी हुन्छ ।

मेथीमा लौह तत्त्व प्रशस्त हुने भएकाले यसले रगतको कमी हुन दिँदैन। सलादमा कागती मिसाएर खाँदा मेथीमा भएको लौह तत्त्व शरीरले राम्रोसँग शोषण गर्न सक्छ । यसरी घरमै उपलब्ध मेथीको सही प्रयोगले महिलालाई स्वस्थ राख्न महँगा बाहिरी खानेकुराको आवश्यकता पर्दैन ।

मेथीको दाना मात्र नभएर यसको साग पनि उत्तिकै पोषणयुक्त हुन्छ । भिटामिन ‘ए’ ले भरपूर मेथीको साग बालबालिकालाई खुवाउँदा उनीहरूको आँखा र छाला स्वस्थ रहनुका साथै रोगसँग लड्ने क्षमता (इम्युनिटी) पनि बढ्छ । 

स्कुल जाने नानीहरूलाई बिस्कुट वा चाउचाउ जस्ता अस्वस्थकर जंकफुड दिनुको सट्टा मेथीको साग मिसाइएको पीठोको पराठा वा रोटी खाजाको रूपमा दिनु स्वास्थ्यका हिसाबले अत्यन्तै फाइदाजनक हुन्छ । यसरी हाम्रो भान्सामा सधैँ उपलब्ध हुने मेथीलाई दैनिक खानपानमा समावेश गरेर हामीले धेरै रोगहरूबाट छुटकारा पाउन सक्छौँ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  २ : ४७ बजे

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको

चैत १४ गतेभित्र बालेन नेतृत्वको सरकार, एकै चरणमा मन्त्रिपरिषद् गठनको तयारी

काठमाडौं- यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला – प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

मध्यपूर्व युद्धले ‘विश्वव्यापी खाद्य सुरक्षामा खतरा’ : विश्व व्यापार संगठन प्रमुख

जेनेभा – मध्यपूर्वमा जारी युद्धले विश्वव्यापी खाद्य सुरक्षामा गम्भीर खतरा

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय शान्ति महोत्सव सुरु

लुम्बिनी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विश्वमा