महाशिवरात्रिपछि नागाबाबा र साधु-सन्तलाई पशुपतिनाथबाट बिदाइ « Khabarhub

महाशिवरात्रिपछि नागाबाबा र साधु-सन्तलाई पशुपतिनाथबाट बिदाइ


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महाशिवरात्रिका अवसरमा पशुपतिनाथको पूजाआराधना एवं दर्शन गर्न आएका नागाबाबासहितका साधु सन्तलाई बिदाइ गरिएको छ ।  

मंगलबार पशुपतिनाथ मन्दिर अगाडी गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले साधु सन्तलाई दक्षिणा दिएर बिदाइ गरेको हो । नेपाल र भारतका विभिन्न अखडाबाट आएका नागा बाबासहितका साधु सन्तलाई ५५१ देखि ११ हजार रुपैयाँसम्म दक्षिणा दिएर बिदाइ गरिएको संस्थानले जानकारी दिएको छ । 

महाशिवरात्रिमा पशुपतिनाथको पूजा, आराधना र दर्शनका लागि आएका नागा बाबासहित साधु सन्तलाई प्रत्येक वर्ष फाल्गुन कृष्ण औँसीका दिन बिदाइ गर्ने परम्परा रहिआएको गुठी संस्थान पशुपति शाखा कार्यालयकी प्रमुख सुशीला शर्माले जानकारी दिइन्।

उनले नागा बाबासहितका साधु सन्तलाई आ–आफ्नो पदवीका आधारका कार्ड वितरण गर्ने र त्यही अनुसार दक्षिणा दिने गरिएको बताइन् ।

संस्थानले दिएको दक्षिणामा आधा रकम कोषले पनि थपेर नागा बाबासहितका साधु सन्तलाई बिदाइ गरिने प्रचलन रहेको छ ।

महाशिवरात्रिका अवसरमा फाल्गुन कृष्ण एकादशीदेखि औँसीसम्म नागा बाबासहितका साधु सन्तलाई कोषले नै खाने, बस्ने र धुनी बाल्ने दाउरा पनि उपलब्ध गराउने गरिन्छ ।  

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ३ : १९ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली