शेखरको गुनासो- विदेशबाट युवाले आमाबुवाको अवस्था नबुझी अमुक दलको पक्षमा उक्साए « Khabarhub

शेखरको गुनासो- विदेशबाट युवाले आमाबुवाको अवस्था नबुझी अमुक दलको पक्षमा उक्साए


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान संरक्षणका लागि आउँदो प्रतिनिधि सभा सदस्य निर्वाचनमा होमिएको बताएका छन् । 

मोरङ क्षेत्र नम्बर ६ अन्तर्गत विराटनगर ५ जामुनगाछीमा मंगलबार चुनाव प्रचारप्रसारमा नेता कोइरालाले संसदीय सर्वोच्चताका लागि र स्वतन्त्रताका लागि आफू निर्वाचनमा होमिएको बताएका हुन् । 

आम सर्वसाधारणसँगको भेटमा नेता कोइरालाले संसद्मा सर्वोच्चता नहुँदा भोली कांग्रेस पनि कम्युनिष्ट हुने बताए । उनले भने, ‘संसद्को सर्वोच्चताका लागि मलाई तपाईँहरूले संसद्‍मा पठाउनु हुनेछ । संसद्मा कांग्रेसको सर्वोच्चता नहुँदा कांग्रेसपनि कम्युनिष्ट हुनेछ । जुन आम विराटनगरवासीले चाहेका छैनन् । मुलुकको राजनीतिक अवस्था गम्भीर छ । त्यसैलेपनि सबैले निर्वाचनलाई गम्भीरतापूर्वक लिएर मतदान गर्नुहुने अपेक्षा छ ।’ 

नेता कोइरालाले नयाँ पार्टीबारे आवश्यक कुरा बुझ्न जरुरी रहेको उल्लेख गरे । पुराना दलहरूप्रति नकारात्मक भाष्य, अफवाह फैलाइएको बताउँदै नेता कोइरालाले भने, ‘नयाँ पार्टीले पुराना दलका विषयमा फैलाएको अफवाह चिर्न आवश्यक छ । यसप्रति सबै सजग हुनुपर्छ । जेन-जी विद्रोहपछि मुलुक थप पछाडि धकेलिएको महसुस भएको छ । सोही आन्दोलनले ०८४ मा हुने निर्वाचनलाई २ वर्षअघि निम्ताएको छ । त्यसैले यो चुनाव मात्र नभएर जनमत सङ्ग्रह भएर गएको छ ।’

निर्वाचन र मतका विषयमा विदेशमा रहेका युवाले यहाँ घरमा रहेका आमाबुवाको अवस्था नबुझी अमुक पार्टीलाई सहयोग गर्न उक्साइरहेको उनको भनाई छ। 

उनले भने, ‘विदेशमा रहनु भएकाहरूलाई यहाँको अवस्था बुझ्न आग्रह गर्छु । घरमा समस्या पर्दा आमाबुवालाई यहाँ हामीले नै सहयोग गर्ने हो । हाम्रै दलका साथीहरू दिनरात खटिनु भएको छ।’  

विराटनगरका वडाहरूमा विकास क्रमले गति लिएको उनले बताए । वित्तीय आयोगले विराटनगर महानगरलाई पहिलो स्थानमा पुराएको कुरालाई गर्व गर्नुपर्ने बताउँदै उनले महानगरको विकासको नेतृत्व कांग्रेसले गरे पनि आम नागरिकको सहयोगले पहिलो भएको बताए ।  

जामुनगाछी हुँदै सुनसरीतर्फको हुलाकी सडक निर्माणमा भएको ढिलासुस्तीबारे स्थानीयको चर्को असन्तुष्टि भए पनि त्यसलाई कांग्रेसले नै सम्बोधन गरेको उनले बताए । 

सडक निर्माणका लागि राज्यले आवश्यक भुक्तानी नदिँदा ठेकेदार बेपत्ता भएपछि ठेकेदार खोजेर सडक बनाएको उनले प्रस्टाए । उनले भने, ‘यो सडक पुरा गराउन राज्य संरचना नै परिचालन गर्नु परेको थियो । राज्यले ठेकेदारलाई रकम भुक्तानी नदिँदा समस्या भएको थियो ।’

त्यसैगरि, विराटनगरका विकासमा केशलिया खोला, बुढी खोलामा तटबन्ध नै प्राथमिकतामा रहेको उनले बताए । हरेक वर्ष विराटनगरको पश्चिम क्षेत्र वडा नम्बर ४, ५, ११, १२ डुबान पर्ने गरेको बताउँदै नेता कोइरालाले खोलामा तटबन्ध बनाउन आफूले सक्दो पहल गर्ने बताए ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ३ : २८ बजे

गैरीगाउँको सुकुमबासी बस्ती हटाइयो

काठमाडौं – काठमाडौंमहानगरपालिका–९ स्थित गैरीगाउँको सुकुमबासी बस्ती हटाइएको छ । सरकारी

अमेरिकासँगको दोस्रो चरणको शान्ति वार्ताका लागि इरानी प्रतिनिधि इस्लामावादमा

इस्लामाबाद– मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने प्रयासस्वरूप अमेरिकासँग दोस्रो चरणको शान्ति

बस्ती छाड्दै मनोहराका सुकुमबासी

भक्तपुर– भक्तपुरको मनोहरास्थित सुकुमबासी बस्तीका बासिन्दा बस्ती खाली गर्न थालेका

गाजा संकट गहिरिँदै : मृतक सङ्ख्या बढ्दो

एजेन्सी– गाजा क्षेत्रमा शुक्रबार इजरायली आक्रमणका क्रममा कम्तीमा १० जना

दाङमा सवारी दुर्घटनाको अवस्था : चार वर्षमा तीन सय बढीको मृत्यु

दाङ– गत चैत ५ गते बेलुका ७ः०० बजे तुलसीपुर उपमहानगरपालिका-९