फ्रान्ससँग अहिलेसम्मकै ठूलो सैन्य सम्झौता : भारतले किन्दैछ ११४ अत्याधुनिक राफेल लडाकु जेट « Khabarhub

फ्रान्ससँग अहिलेसम्मकै ठूलो सैन्य सम्झौता : भारतले किन्दैछ ११४ अत्याधुनिक राफेल लडाकु जेट


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

मुम्बई- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनबीच मंगलबार मुम्बईमा भेट हुने भएको छ।

भेटकै अवसरमा भारत–फ्रान्सबीच ३.२५ लाख करोड रुपैयाँ बराबरको रक्षा सम्झौता हुने छ । जुन मूल्यको हिसाबले भारतको अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य सम्झौता हुनेछ। यस सम्झौताअनुसार भारतलाई ११४ राफेल फाइटर जेट प्राप्त हुनेछन्।

दुवै नेताबीच दिउँसो ३:१५ बजे मुम्बईको लोक भवनमा बैठक भइरहेको छ। बैठकमा रक्षा, समुद्री सहयोग, इन्डो–पासिफिक रणनीति, उन्नत प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई) र विश्वव्यापी मुद्दाहरूमा छलफल हुने छ।

दुवै नेता साँझ ५:१५ बजे भारत–फ्रान्स इनोवेशन इयर २०२६ को उद्घाटन गर्नेछन्। मोदी र म्याक्रोन उद्योगपति, स्टार्टअप फाउन्डर, अनुसन्धान विशेषज्ञ र इनोवेशनसँग जोडिएका व्यक्तिलाई सम्बोधन गर्नेछन्।

राष्ट्रपति म्याक्रोन १७–१९ फेब्रुअरीसम्म भारत भ्रमणमा रहनेछन् र यसै अवधिमा दिल्लीमा एआई इम्प्याक्ट समिटमा पनि सहभागी हुनेछन्। उनी आफ्नी पत्नीको साथमा प्रधानमन्त्री मोदीको निमन्त्रणामा तीन दिनको भारत भ्रमणमा आएका छन्।

म्याक्रोनको भारत भ्रमण

राष्ट्रपति भएपछि म्याक्रोनको यो चौथो भारत भ्रमण हो। यसअघि उनी मार्च २०१८, सेप्टेम्बर २०२३ (जी२० समिट) र जनवरी २०२४ (गणतन्त्र दिवस समारोह) मा भारत आएका थिए।

राफेल सम्झौताका विशेषता

भारत–फ्रान्स सम्झौता अन्तर्गत २४ ‘सुपर राफेल’ जेट किनिनेछ । यी एफ-५ संस्करणका जेट हुन्, जसलाई फ्रान्सकी कम्पनी दस्युल्ट एभिएशनले उत्पादन गर्नेछ।

हाल भारतीय वायुसेनामा रहेका राफेल एफ-३ संस्करणका ४.५ जेनेरेशन फाइटर हुन्। नयाँ सम्झौतामा अधिकांश जेट एफ-४ संस्करणका हुनेछन्, जसमा उन्नत प्रणाली र प्रविधि हुनेछ।

एफ-५ सुपर राफेल विकासका चरणमा छन् । यी जेट सन् २०३० पछि उपलब्ध हुनेछन्।

भारतमै निर्माण हुने जेट

कूल ११४ जेटमध्ये ९६ भारतमै उत्पादन हुनेछन्। केवल १८ जेट ‘फ्लाई–अवे’ अवस्थामा फ्रान्सबाट प्राप्त हुनेछन्।

मेक इन इन्डिया कार्यक्रमअन्तर्गत दस्युल्ट र भारतीय साझेदारले निर्माण गर्नेछन्। यससँगै डीआरएलमाा भारतीय हिस्सेदारी ५१ प्रतिशत पुगेको छ।

सबै जेटमा भारतीय हतियार, मिसाइल र गोला–बारूद इन्टिग्रेट हुनेछन् । यसमा सुरक्षित डेटा लिंक प्रणाली उपलब्ध हुनेछ।

टेक्नोलोजी ट्रान्सफरपछि स्वदेशी हिस्सेदारी ५५–६० प्रतिशत पुग्ने अपेक्षा छ।

पूर्वराफेल सम्झौता

भारतले पहिले नै ३६ राफेल जेट फ्रान्सबाट खरिद गरिसकेको छ। सम्झौता सेप्टेम्बर २०१६ मा भएको थियो। यी जेट सन् २०१९–२०२२ मा चरणबद्ध रूपमा आएका थिए । जेटहरू अम्बाला (हरियाणा) र हासीमारा (पश्चिम बंगाल) एयरबेसमा तैनाथ छन्।

राफेल जेट आधुनिक रडार, इलेक्ट्रोनिक वारफेयर सिस्टम र लामो दूरीको मिसाइलसहित छन्। यसमा मेटोर एयर–टू–एयर, एसक्लयाप क्रुज मिसाइल र एमआईसीए मिसाइल प्रणाली समावेश छन्, जसले वायुसेनाको मारक क्षमता वृद्धि गर्छ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ३ : ५२ बजे

आगामी निर्वाचन काम गर्ने र भाषण गर्नेबीचको प्रतिस्पर्धा हो : अध्यक्ष घिसिङ

चितवन– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१

रास्वपाका डोलप्रसाद अर्यालको चुनावी वाचापत्र सार्वजनिक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति र काठमाडौँ क्षेत्र

जग्गा वर्गीकरण म्याद थपे पनि विराटनगरमा कारोबार सुस्त

काठमाडौं– सरकारले जग्गा वर्गीकरणको म्याद २०८३ असार मसान्तसम्म थपे पनि

काठमाडौंका २५० उम्मेदवारमध्ये १२० जनाले मात्र खोले बैंक खाता

काठमाडौं– सङ्घीय राजधानी काठमाडौँकै आधा उम्मेदवारले हालसम्म बैंक खाता खोलेका

कैलाली १ मा एमालेका न्यौपानेलाई नेकपा (संयुक्त) को समर्थन

टीकापुर- नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) जिल्ला समितिले कैलाली क्षेत्र नम्बर