नेकपा संयुक्तले सार्वजनिक गर्‍यो उद्यमशील अर्थतन्त्रसहितको चुनावी घोषणापत्र « Khabarhub

नेकपा संयुक्तले सार्वजनिक गर्‍यो उद्यमशील अर्थतन्त्रसहितको चुनावी घोषणापत्र


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा संयुक्तले समग्र अर्थतन्त्रलाई उद्यमशील बनाउने अभियान अघि बढाउने उदेश्यसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी, कार्यवाहक अध्यक्ष घनश्याम भुसाल लगायतका नेताहरूले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । 

घोषणापत्रमा देशको अर्थतन्त्रलाई आत्मनीर्भर बनाउनका लागि स्वावलम्बी आर्थिक नीति अपनाउने, अर्थतन्त्रलाई उद्यमशील बनाउने अभियान अगाडि बढाउने, निजी लगानीलाई अन्य क्षेत्रमा स्थानन्तरित हुने सहज आर्थिक वातावरण सिर्जना गर्नुपर्ने लगायतका विषयमा जोड दिइएको छ ।

त्यस्तै आर्थिक र मौद्रिक नीतिका विरोधाभास हटाउनुपर्ने र मौद्रिक नीतिलाई आर्थिक नीतिको सहयोगी बनाउनुपर्ने, बैङ्किङ लेनदेनको कारोबारमा सिर्जना हुने विवादलाई सहज र सरल तरिकाले समाधान गर्ने कानुनी व्यवस्था गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ ।

त्यस्तै अहिलेसम्म सार्वजनिक पदमा रहेका राजनीतिक, प्रशासनिक तथा न्यायिक क्षेत्रका सबैको सम्पत्ति छानबिन गर्न संवैधानिक तथा कानुनी प्रबन्धका साथ एउटा शक्तिशाली सम्पत्ति छानबिन आयोग गठन गर्नुपर्ने संयुक्तले जनाएको छ । 

विषय विज्ञहरूबिच प्रतिस्पर्धाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गठन हुने व्यवस्थाका साथै भ्रष्टाचार सम्बन्धी विषय आकर्षित हुने अवस्थामा तीनै तहका सरकारका नीतिगत निर्णयको परीक्षण हुने व्यवस्था गर्नुपर्ने नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष भुसालले बताए । उनले आफूहरू मात्रै मुलुकको वास्तविक वामपन्थी र राजनीतिक प्रतिपक्षी भएको उल्लेख गरे ।

नेकपा संयुक्तले संसदमा बहुमत हुने दलको नेता प्रधानमन्त्री हुने तर सांसदहरू मन्त्री हुन नपाउने र संसद् बाहिरबाट मन्त्री चयन गर्ने गरी संवैधानिक व्यवस्था गर्नुपर्ने, प्रदेश तहको प्रभावकारीताका लागि आवश्यक संवैधानिक व्यवस्थाका तथा कानुनी प्रबन्ध हुनुपर्ने, एक जना व्यक्ति दुई पटकसम्म मात्र प्रधानमन्त्री हुन, बढीमा चार पटक मन्त्री र सांसद हुन पाउने व्यवस्था हुनुपर्ने जनाएको छ भने भ्रष्टाचारजन्य काम गरेको प्रमाणका आधारमा पालिका परिषद्को दुई तिहाई बहुमतले पालिकाका पदाधिकारीलाई हटाउने सक्ने र सोही कारणले सम्बन्धित पार्टीले प्रत्याह्वान गर्न सक्ने व्यवस्था गर्नुपर्नेमा समेत जोड दिएको छ । 

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ४ : १५ बजे

स्कटल्यान्डविरुद्ध नेपालले टस जित्यो, जोरालाई मौका

काठमाडौं– आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले

टी–२० विश्वकपबाट बाहिरियो अष्ट्रेलिया

काठमाडौं– अष्ट्रेलिया आईसीसी टी–२० विश्वकपबाट बाहिरिएको छ। जिम्बाब्वे र आयरल्यान्ड

काठमाडौं-तराई द्रुतमार्ग : खोकनाको विकल्प खोज्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं–तराई-मधेस द्रुतमार्गको प्रस्थान विन्दु खोकनाको विवाद

टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका १९ सान्नानटारमा आज दिउँसो