रास्वपाका डोलप्रसाद अर्यालको चुनावी वाचापत्र सार्वजनिक « Khabarhub

रास्वपाका डोलप्रसाद अर्यालको चुनावी वाचापत्र सार्वजनिक


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति र काठमाडौँ क्षेत्र नं. ९ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डोलप्रसाद अर्यालले आफ्नो चुनावी वाचापत्र मंगलबार सार्वजनिक गरेका छन्। 

‘तपाईंको एक मत, विश्वासको सार, काठमाडौँ क्षेत्र नं.९ को समृद्धिको आधार’ भन्ने नारा साथ उनले समग्र विकास र सुशासनमा केन्द्रित योजनाहरू प्रस्तुत गरेका हुन्।

अर्यालले वाचापत्रमा भ्रष्टाचार नियन्त्रणलाई पहिलो प्राथमिकता राख्दै शून्य सहनशीलताको नीति अपनाउने र प्रत्येक वडामा नागरिक अगुवासहितको खबरदारी टोली गठन गर्ने प्रतिबद्धता जनाएका छन्। सार्वजनिक सेवामा मासिक क्षेत्रगत सुनुवाइ आयोजना गरी जनगुनासोको समाधान एक हप्तादेखि ३० दिनभित्र गर्ने योजना पनि समेटिएको छ।

भौतिक विकास र पूर्वाधार क्षेत्रमा उनले कलंकी–सतुंगल–नागढुंगा र सीतापाइला–भीमढुंगा क्षेत्रलाई ‘हरित कोरिडो’का रूपमा विकास गर्ने, मेलम्ची खानेपानी वितरण व्यवस्थित गर्ने, ट्राफिक जाम समाधान गर्न ‘नो हर्न’ नीति कडाइका साथ लागू गर्ने, धुलो–धुवाँ नियन्त्रण मार्फत स्वच्छ सहर बनाउने, बाटो, पुल, ढल निकास र फोहोर व्यवस्थापनमा समन्वय गर्ने योजना प्रस्तुत गरेका छन्।

शिक्षा र स्वास्थ्य क्षेत्रमा उनले सबै वडामा २४ घण्टा न्यूनतम स्वास्थ्य सेवा सुनिश्चित गर्ने, ज्येष्ठ नागरिक र विपन्न बालबालिकालाई निःशुल्क स्वास्थ्य सेवा दिने र स्थानीय अस्पतालमा ट्रमा सेन्टर स्थापना गर्ने प्रतिबद्धता जनाएका छन्।

संस्कृति, इतिहास र सम्पदाको डिजिटल अभिलेखीकरण, संस्कृति प्रवर्द्धन केन्द्रको स्थापना, भवन नक्सामा आधुनिक हरित रेटिङ र मौलिकता रेटिङका आधारमा सहुलियत व्यवस्थापन, कृषि र पर्यापर्यटन विकास, रोजगार सिर्जना, व्यावसायिक तालिम केन्द्र स्थापना, वैदेशिक रोजगारीबाट फर्केका युवालाई प्रशिक्षक नियुक्ति र तीन सिफ्टमा कार्यसम्पादन जस्ता योजनाहरू पनि वाचापत्रमा समेटिएका छन्।

यसका साथै लालपूर्जा विहीन समुदायलाई नियमसंगत जग्गाधनी वितरण, सडक स्तरोन्नति तथा जलविद्युत् प्रभावित स्थानीयको मुआब्जा व्यवस्थापन, समावेशी विकास, युवा, खेलकुद र सुरक्षा सम्बन्धी विषयहरूमा पनि नीति प्रस्तुत गरिएको छ।

विगतमा श्रममन्त्री रहँदै प्राप्त अनुभवलाई प्रयोग गर्दै अर्यालले काठमाडौँ क्षेत्र नं.९ लाई देशकै नमुना क्षेत्र बनाउने प्रतिवद्धता व्यक्त गर्दै मतदातालाई आगामी निर्वाचनमा ‘घण्टी’ चिह्नमा मतदान गर्न अपिल गरेका छन्।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ५ : ०४ बजे

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर