ओलीको दाबी : बहुमत नआए पनि यो निर्वाचनबाट एमाले पहिलो पार्टी बन्छ « Khabarhub

ओलीको दाबी : बहुमत नआए पनि यो निर्वाचनबाट एमाले पहिलो पार्टी बन्छ


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

झापा– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनका नाममा देशका विभिन्न स्थानमा भएको आगजनी, तोडफोड र लुटपाटको कडा शब्दमा आलोचना गरेका छन्।

झापा क्षेत्र नं. ५ केन्द्रित ४२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्ने क्रममा दमकमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण गर्नेलाई ‘देशका दुश्मन’ र ‘विकासका विरोधी’ भने।

ओलीले दमकमा एमाले सरकारको पालामा निर्माण गरिएको बिजनेस कम्प्लेक्समा आगजनीको प्रयास भएको उल्लेख गर्दै त्यसको अर्थ र महत्व नबुझी गरिएको कार्य भएको बताए। ’जसले सार्वजनिक र निजी सम्पत्ति जलाए, ती देशका दुश्मन हुन्। विकासका विरोधी हुन्,’ उनले भने।

उनले जेन–जी आन्दोलनका नाममा घर जलाउने, सिंहदरबार र संसद् भवनमा आगजनी गर्ने कार्यलाई अपराध र आतंकको संज्ञा दिए। ‘उनीहरूले क्रान्ति गरेका होइनन्, विकास गरेका होइनन्। देशमा विध्वंश मच्चाएर अस्थिरता ल्याउने प्रयास गरेका हुन्,’ उनले आरोप लगाए।

निर्वाचन सन्दर्भमा बोल्दै ओलीले २०८४ सालमा हुने तय गरिएको चुनाव २०८२ मै गराइएको प्रसंग उठाउँदै आगजनी गरेर चुनाव गराउनुपर्ने आवश्यकता नभएको बताए। ‘हामी ०८४ नै पर्खिरहेका थियौँ। तर अहिलेको चुनावबाट एमाले पहिलो पार्टी बन्छ,’ उनले दाबी गरे। बहुमत नआए पनि एमाले सबैभन्दा ठूलो दल बन्ने उनको भनाइ थियो।

ओलीले देशमा आतंक, अराजकता र लुटपाट गर्ने काम नेपालीको चरित्र नभएको उल्लेख गर्दै नेपाली समाज शान्तिप्रिय र मेहनती रहेको बताए। ‘अर्काको सम्पत्ति लुट्ने जात नेपाली होइन। नेपाली शान्तिप्रिय जाति हो, गरिखाने जाति हो,’ उनले भने।

एमालेले झापा–५ मा विकास, सुशासन र पूर्वाधार विस्तारलाई प्राथमिकता दिँदै ४२ बुँदे प्रतिबद्धता अघि सारेको छ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ५ : ३४ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल