नवलपरासीमा रास्वपाका कार्यकर्ताले माओवादीका उम्मेदवार कुटेको आरोप « Khabarhub

नवलपरासीमा रास्वपाका कार्यकर्ताले माओवादीका उम्मेदवार कुटेको आरोप


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवलपरासी क्षेत्र नम्बर १ का नेकपा माओवादीका उम्मेदवारमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले कुटपिट गरेको आरोप लागेको छ ।

नेकपाका उम्मेदवार राजुप्रसाद हरिजनमाथि रास्वपाका कार्यकर्ताले कुटेको आरोप छ । उम्मेदवार हरिजनले चुनाव प्रचारप्रसार गरिरहेका ठाउँमा पुगेका रास्वपाका कार्यकर्ताले उम्मेदवार उनीसहित उनका समर्थकमाथि कुटपिटसमेत गरेको बताइएको ।

कुटपिटबाट माओवादीका उम्मेदवार राजुप्रसाद हरिजन, क्षेत्रीय प्रचारप्रसार सहसंयोजक निरज पाठक, जिल्ला सदस्य नकुल सी र बर्दघाट नगर इन्चार्ज गणेश पाण्डे घाइते भएका छन् ।

‘म गाडीमाथि बसेर भाषण गरिरहेको थिए । सडक छेउमा रहेका रास्वपाका कार्यकर्ताको बीचबाट आएका ५÷६ जनाले घण्टीको एरियामा आएर प्रचारप्रसार किन गरेको ?,’ उनले भने, ‘भन्दै साथीहरुलाई कुटपिट गरे । छुट्टाउन जाँदा ममाथिसमेत निर्घात कुटपिट गरे ।’

कुटपिटबाट उनको टाउको र अनुहारमा चोट लागेको बताइएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  १० : ५९ बजे

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा