साउदी अरबमा आयोजित विश्व रक्षा प्रदर्शनीमा भारतका रक्षा राज्यमन्त्री सेठ सहभागी « Khabarhub

साउदी अरबमा आयोजित विश्व रक्षा प्रदर्शनीमा भारतका रक्षा राज्यमन्त्री सेठ सहभागी


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साउदी अरबमा आयोजित विश्व रक्षा प्रदर्शनीमा भारतका तर्फबाट रक्षा राज्यमन्त्री सञ्जय सेठ सहभागी भएका छन् । उनी नेतृत्वको उच्चस्तरीय टोलीले साउदी अरबमा भारतको प्रतिनिधित्व गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

राज्यमन्त्री सेठले प्रदर्शनीमा सहभागी उच्चस्तरीय अन्तर्राष्ट्रिय प्रतिनिधिसँग भेटवार्ता गरेका छन् । उनले प्रदर्शनीमा भारतको पहिलो पेभेलियनको पनि उद्घाटन गरेको एएनआईले जनाएको छ ।

भारतीय रक्षा मन्त्रालयका अनुसार भारतीय पेभेलियनमा डिफेन्स पब्लिक सेक्टर अण्डरटेकिङ र निजी कम्पनीले आफ्ना उत्पादनको प्रदर्शन गरेका थिए । रक्षा राज्यमन्त्रीले साउदी अरबको सैन्य उद्योग मन्त्रालय र रक्षा मन्त्रालयका प्रदर्शनीस्थलको पनि निरीक्षण गरेको एएनआईले जनाएको छ ।

राज्य मन्त्रीले साउदी अरबको कार्यकारी मामिलासम्बन्धी सहायक रक्षामन्त्री खालेद बिन हुसैन अल बियारीसँग पनि भेटवार्ता गरेको भारतीय रक्षा मन्त्रालयले जनाएको छ । भेटवार्ताका क्रममा दुई देशबीच रक्षा साझेदारी र दुबै मुलुकका सैन्य बलबीच सहकार्य बढाउने विषयमा छलफल भएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ५ : २३ बजे

प्रधानमन्त्री बालेनले किन बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक ?

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ

लुम्बिनी– रुपन्देहीमा प्रहरीले गएराति लागूऔषध ओसारपसार कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन- ‘भोलि नभनी आजै र अहिल्यै’ काम गर्नू

काठमाडौँ – गृह मन्त्रालयले देशको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई

किम्बु बिरुवाको माग बढ्दो

चितवन– रेशम किरापालनका लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको किम्बु

टेम्केमैयुङको प्रशासकीय भवन निर्माण हुने

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण हुने भएको