काबुलस्थित एक अस्पतालमा पाकिस्तानको हवाई आक्रमण, कम्तिमा ४०० जनाको मृत्यु « Khabarhub

काबुलस्थित एक अस्पतालमा पाकिस्तानको हवाई आक्रमण, कम्तिमा ४०० जनाको मृत्यु


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानको राजधानी काबुलस्थित लागूऔषध प्रयोगकर्ताहरूको उपचार हुने एक अस्पतालमा पाकिस्तानले हवाई आक्रमण गरेको छ । सो आक्रमणमा परी कम्तीमा ४०० जनाको मृत्यु भएको छ भने २५० भन्दा बढी घाइते भएका छन्।

तालिबान सरकारका उपप्रवक्ता हम्दुल्लाह फितरतका अनुसार सोमबार राति काबुलको ओमार एडिक्सन ट्रिटमेन्ट अस्पतालमा आक्रमण भएको हो । २ हजार शय्या क्षमताको उक्त अस्पताल भवनको ठूलो हिस्सा आक्रमणबाट पूर्ण रूपमा ध्वस्त भएको छ ।

स्थानीय टेलिभिजन स्टेसनहरूले एक्समा पोस्ट गरेका भिडियो फुटेजहरूमा सुरक्षाकर्मीहरूले टर्चलाइटको सहायताले घाइतेहरूको उद्धार गरिरहेको र अग्नि नियन्त्रकहरू भत्किएको भवनको भग्नावशेषमा लागेको आगो निभाउन संघर्ष गरिरहेको देखिन्छ।

यता पाकिस्तानले भने अफगानिस्तानको यो दाबीलाई अस्वीकार गरेको छ । पाकिस्तानले यसलाई झूटो र जनमतलाई भ्रमित पार्ने उद्देश्यले गरिएको प्रचार भनेको छ ।

पाकिस्तानी पक्षले सोमबार काबुल र नान्गाहार प्रान्तमा केवल सैन्य ठेगानाहरूलाई मात्र निशाना बनाएको स्पष्ट पारेको छ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  ८ : ४७ बजे

आज २०८२ साल चैत २४ गते मंगलबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २४ गते मंगलबार वैशाख

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको