पहिलो दिनको १२ घण्टे प्रशिक्षणमा रास्वपाले सांसदलाई के पढाउँदै छ ? « Khabarhub

पहिलो दिनको १२ घण्टे प्रशिक्षणमा रास्वपाले सांसदलाई के पढाउँदै छ ?


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम गर्दैछ ।

मंगलबार र बुधबार हुने कार्यक्रमको तालिका सार्वजनिक भएको छ । दुईदिने अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अबलम्बन गर्नुपर्ने नीति लगायतका बारे जानकारी गराइने छ ।

प्रमुख गुरु उपसभापति डा. स्वर्णिम वाग्ले

सबै सांसद बिहान १० बजे कार्यक्रमस्थल पुगिसक्नु पर्नेछ । सबैलाई रास्वपाले औपचारिक पोशाकमा उपस्थित हुन् निर्देशन दिएको छ । कार्यक्रमको सञ्चालन सहमहामन्त्री विपिनकुमार आचार्यले गर्नेछन् ।

कार्यक्रमको उद्घाटन राष्ट्रिय गान, शहीदप्रति श्रद्धाञ्जली, स्वागत मन्तव्यपछि कार्यक्रमको औपचारिक उद्घाटन पार्टी नेतृत्वले घण्टी बजाएर गर्नेछन् ।

बिहान ११ बजेर १० मिनेटमा डा. अरनिको पाँडेले कार्यक्रकको उद्देश्य र महत्त्वबारे प्रकाश पार्नेछन् । उनको सम्बोधन पाँच मिनेटको हुनेछ ।
उद्घाटन समारोहमा प्रमुख मन्तव्य पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले राख्नेछन् । उनलाई १५ मिनेट समय दिइएको छ ।

अर्को १५ मिनेटको समयमा उपसभापति डोलप्रसाद आर्यालले उद्घाटन मन्तव्यसँगै चुनावी अभियानको नेतृत्वको अनुभव सुनाउँदै केही महत्त्वपूर्ण निर्देशन दिनेछन् ।

१२ बजेदेखि १ बजेसम्म खानाको समय दिइएको छ । १ बजे समूह निर्माण र गतिविधिबारे मेघ आले र अनिल चित्रकारलगायतले यसलाई सम्पन्न गर्नेछन् ।

१ बजेर ३० मिनेटदेखि २ बजेसम्म आधा घण्टा पुनः उपसभापति स्वर्णिम वाग्लेले देशको वर्तमान अवस्था, पार्टीका प्रतिबद्धता, जिम्मेवारी तथा संसदको भूमिकाबारे प्रस्तुति दिनेछन् ।

दिउँसो २ बजेपछि ४५ मिनेट संसदको संरचना तथा कार्यप्रणाली ः संसदका अधिकार र जिम्मेवारीको विषयमा पूर्वसचिव सुरेश अधिकारीको प्रस्तुति रहने छ ।

अर्को प्रस्तुति पूर्व कानुन सचिव तोयानाथ अधिकारीको छ । उनले संघीय संसदमा कानून निर्माण प्रक्रियामा संसदको भूमिकाबारे प्रस्तुति दिनेछन् ।

दिउँसो ४ बजे चियाको विक्रामपछि आइटी विज्ञ डा. दोभान राईले कृत्रिम बुद्धिमत्ता र एल्गोरिदमबारे प्रस्तुति दिनेछन् । ४ बजेपछि रास्वपाका सांसदहरुले अनुभव सुनाउने छन् । अनुभव सुनाउनका लागि अशोक चौधरी, शिशिर खनाल, तोसिमा कार्की, सोविता गौतम, गणेश पराजुली, हरि ढकाल, मनिष झा, विराजभक्त श्रेष्ठलाई १०–१० मिनेटको समय दिइएको छ ।

साँझ ६ बजेदेखि ७ बजेसम्म चुनावी प्रतिवेदन प्रस्तुति र समूहगत छलफल हुनेछ । १५ समूह बनाएर छलपष्mल गर्ने कार्यतालिका छ । साँझ ७ बजेदेखि राति १० बजेसम्म परिचयात्मक कार्यक्रम र खानाको व्यवस्था भएपछि पहिलो दिनको कार्यक्रम सकिने छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक निर्वाचनतर्फ गरी १ सय ८२ सिट हासिल गरेको छ ।

अभिमुखीकरणमा सहभागी हुने नवनिर्वाचित सांसदहरुलाई ६ बुँदे निर्देशन समेत जारी गरिएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  ९ : २० बजे

बलिउड कलाकारलाई पनि फापेन राजनीति !

फिल्मी पर्दामा लाखौँ दर्शकको मन जितेका स्टार जब राजनीतिक मैदानमा

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ– पृथ्वी राजमार्ग विस्तारको क्रममा सडक दायाँवायाँ बिजुलीका पोल मुख्य

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

गण्डकी– नेपाल पर्यटन बोर्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय

रास्वपाको प्रशिक्षण सूचीमा किन अटाएनन् वरिष्ठ नेता ‘बालेन’ ?

काठमाडौँ– फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल

समानुपातिकतर्फका उम्मेदवारलाई बिहीबार प्रमाणपत्र दिइने

काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका सांसदलाई यही चैत