चैत ५ गतेदेखि चितवनको कसरामा विक्रमबाबा पूजा हुँदै « Khabarhub

चैत ५ गतेदेखि चितवनको कसरामा विक्रमबाबा पूजा हुँदै


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

चितवन– हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको यहाँ तयारी सुरुआत गरिएको छ । यस वर्ष चैत ५ गते देखि १९ गतेसम्म पूजा गर्ने तयारी गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जको कसरामा विक्रमबाबा पूजास्थल रहेको छ ।

राप्ती पुलबाट करिब दुई किलोमिटर निकुञ्जभित्र विक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ । यो पूजा विशेषगरी थारू जातिमा प्रचलनमा रहेको छ । विक्रमबाबाको पूजा परापूर्वकालदेखि थारू जातिले गर्ने भए पनि पछिल्लो समय सबै समुदायले पूजा गर्ने गर्छन् । सन्तान प्राप्ति र सुखलगायत मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ विक्रमबाबाको पूजा गर्ने गरिएको पाइन्छ ।

भरतपुर महानगरपालिका–२३ संरक्षक रहनेगरी मेलाको व्यवस्थापन गर्न लागिएको हो । वडाध्यक्ष दीपक दवाडीका अनुसार पूजा व्यवस्थापन, सरसफाइ, प्रदर्शनीकक्ष व्यवस्थापन, स्वास्थ्य समिति गठन गरेर काम गरिएको छ । उनले भने, ‘अहिले पूजा गर्ने मन्दिर सरसफाइ, सडक मर्मत र सरसफाइलगायतका काम भइरहेको छ ।’

पूजा व्यवस्थापनका लागि केरुङ्गा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष लालबहादुर दवाडीको संयोजकत्वमा काम सुरु गरिएको छ । यसमा पटिहानी मध्यवर्ती उपभोक्ता समिति सदस्य रहने व्यवस्था गरिएको छ । यस्तै, निकुञ्ज, नेपाली सेना, घैलाघारी सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधिसमेत रहने व्यवस्था गरिएको उनले जानकारी दिए ।

सामुदायिक वन क्षेत्रमा २५० वटा प्रदर्शनीकक्ष निर्माण गरी वितरण गरिने उनको भनाइ छ । सरसफाइ, खानेपानी, हेल्प डेक्स, दमकल एम्बुलेन्स र पानीट्याङ्कीको व्यवस्था गरिने छ । विगत वर्षलाई हेर्दा यस वर्ष पनि छ लाखभन्दा बढी भक्तजन मेला भर्न आउने अनुमान गरिएको छ । पूजा गर्नका लागि बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म निकुञ्जमा प्रवेश खुला गरिनेछ भने निकुञ्ज बाहिर मेला बिहान ५ बजेदेखि राति ८ बजेसम्म सञ्चालन गरिने छ ।

मेला र पूजाको सुरक्षा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीबीच समन्वयमा गरिने छ । पुलमा भक्तजनहरूको भीड नियन्त्रणका लागि नगरप्रहरीले लाइन व्यवस्थापनको काम गर्ने छ ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  ९ : २९ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले