रुपातालमा विभिन्न जातका १० हजार माछाका भुरा छाडियो « Khabarhub

रुपातालमा विभिन्न जातका १० हजार माछाका भुरा छाडियो


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कास्की– कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका भुरा छाडिएको छ । रुपाताल सहकारीले रजत वर्षको अवसर पारेर तालको आयआर्जनमा सहयोग पुग्नेगरी माछाका भुरा छाडिएको हो ।

रुपा गाउँपालिका र पोखरा महानगरपालिका–३२ मा पर्ने रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्थाले यस वर्षलाई रजत वर्षका रूपमा मनाउने योजनासहित तालमा विभिन्न जातका माछाका भुरा छाडिएकोसंस्थाका अध्यक्ष रामबहादुर थापाले जानकारी दिए ।

२०५८ सालमा ३६ जना शेयर सदस्यबाट सुरु गरिएको रुपाताल सहकारीले सफलतापूर्वक २५ वर्ष पार गरेको अवसरमा ‘प्राकृतिक सम्पदाको संरक्षण गरौँ, दिगो उत्पादनमा जोड दिउँ’ भन्ने मूल नाराका साथ यस वर्षलाई रजत वर्ष मनाउने घोषणा गरिएको हो’, अध्यक्ष थापाले भने ।

स्थापनाकालमा ३६ जना शेयर सदस्यको पाँच हजार शेयर पुँजीबाट एक लाख ८३ हजार ६०० बाट सञ्चालित संस्था अहिलेसम्म आइपुग्दा एक हजार ५१ शेयर सदस्यमार्फत चार करोड २० लाख ४० हजार शेयर पुँजी बनाउन सफल भएको उनले जानकारी दिए ।

तालमा माछाको भुरा छोड्दै बेगनास मत्स्य अनुसन्धान केन्द्रका प्रमुख डा. मोहम्मद इकवाल हुसेनले तालको प्राकृतिक सौन्दर्यतालाई नबिगारी तालमार्फत आयआर्जनमा जोडिने गरी माछापालनलाई अगाडि बढाइएको बताए ।

ताल मानव जातिका साथै जलचर प्राणीका लागि अनिवार्य भएकाले यसको सौन्दर्यलाई नबिगारी भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा उनले जोड दिए । उनले तालमा माछाको साथमा सिपीबाट मोती निकाल्न सकिने परीक्षण सफल भएकाले रुपाताल माछाका लागि मात्र नभई सिपीका लागि पनि प्रमाणित भएको तथ्य प्रस्तुत गरे ।

सहकारीका संस्थापक अध्यक्ष लेखनाथ ढकालले स्थापनाकालदेखिको अवस्था र सहकारीको जोडबलमा नेपाल सरकारबाट रुपताल संरक्षणको परियोजना ल्याउन सफल भएको धारणा राखे ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  ११ : ५५ बजे

नाइजेरियामा आत्मघाती आक्रमण : २३ जनाको मृत्यु, सयभन्दा बढी घाइते

एजेन्सी– उत्तरपूर्वी नाइजेरियामा भएको आत्मघाती आक्रमणमा २३ जनाको मृत्यु हुनुका

श्रीलंकामा इन्धन संकट, सरकारी कार्यालय बुधबार बन्द रहने

एजेन्सी– श्रीलंकाले देशमा देखिएको इन्धन अभाव व्यवस्थापन गर्न सरकारी क्षेत्रका

पोखरामा प्याराग्लाइडिङ पुनः सञ्चालनमा आउने

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कारण पोखराको आकाशमा लामो समय

अदालतको आदेशसँगै एघार प्राज्ञले आजीवन निर्वाह भत्ता नपाउने

काठमाडौं– सर्वोच्च अदालतको आदेशसँगै नेपाल–प्रज्ञा प्रतिष्ठानबाट आजीवन निर्वाह भत्ता लिँदै

रविका ‘सहयोद्धा’ प्रमोद भन्छन्, ‘समानुपातिकमा नपरेर चित्त दुखेको छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता प्रमोद न्यौपानेले आफू समानुपातिक सूचीमा