जितु र मुन्नीले सके ‘कार्की साइँला’को सुटिङ « Khabarhub

जितु र मुन्नीले सके ‘कार्की साइँला’को सुटिङ


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार जितु नेपाल र नायिका प्रियना आचार्य (मुन्नी)ले फिल्म ‘कार्की साइँला’को छायाङ्कन सकेका छन् ।

राजेन्द्र बस्नेतको निर्देशनमा यो फिल्मको छायाङ्कन २१ दिनमा पूरा भएको हो ।

निर्देशक बस्नेतका अनुसार धनकुटाबाट सुरू भएको यस फिल्मको छायाङ्कन सुनसरीको बराहक्षेत्र आसपासमा टुङ्गिएको हो ।

एक महिनाको छायाङ्कन तालिका राखिए पनि पूर्वमानुमानभन्दा अगावै छायाङ्कन सकिएको उनले बताए ।

यस फिल्ममा जितु नेपाल, प्रियना आचार्य (मुन्नी)सहित सुशील पोखरेल, बिरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य,दिप्सन लिम्बू, रोदा राई, कमल देवकोटालगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्ममा जितुको जोडीको रुपमा प्रियना आचार्य (मुन्नी’ छिन् । उनीहरुको यो पहिलो फिल्मको सहकार्य हो । यसअघि प्रियनाले ‘झरिपछिको इन्द्रेणी’मा अभिनय गरेकी थिइन् ।

बालकुमार राई निर्माता रहेको यस फिल्ममा कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ता रहेका छन् ।कर्णबहादुर फिल्मस् प्रालिको ब्यानरमा बन्ने यस फिल्मको प्रदर्शन मिति तोकिएको छैन ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  ७ : ५७ बजे

सात देशमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिने निर्णय

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सात देशमा

प्रतिनिधिसभामा ३५ प्रतिशत महिला सांसद

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनबाट करिब ३५ प्रतिशत महिला प्रतिनिधिसभा सदस्यमा

करण केसीले जापान प्रिमियर लिग खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर करण केसीले जापान प्रिमियर

रास्वपालाई चीनको पत्र : आपसी सम्बन्ध प्रगाढ हुने विश्वास

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले

जितु र मुन्नीले सके ‘कार्की साइँला’को सुटिङ

काठमाडौं – कलाकार जितु नेपाल र नायिका प्रियना आचार्य (मुन्नी)ले