नायिका स्वस्तिमा नाचेको गीत ‘मायालाई के दिउँ म बैना’ टिकटकमा भाइरल « Khabarhub

नायिका स्वस्तिमा नाचेको गीत ‘मायालाई के दिउँ म बैना’ टिकटकमा भाइरल


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका स्वस्तिमा खड्का र नायक रवीन्द्रसिंह बानियाँ शीर्ष भूमिकामा रहेको फिल्म ‘लालीबजार’को गीत ’मायालाई के दिउँ म बैना’ टिकटकमा भाइरल भएको छ ।

युट्युबमा सार्वजनिक भएको यस गीतले १४ लाखभन्दा बढी भ्युज पाएको छ ।

टिकटक क्रिएटरहरूले भिडियोमा नायिका खड्का र बालकलाकार समाइरा थापाको डान्स स्टेपललाई मन पराएको पाइन्छ ।

उनीहरूले भिडियोको स्पेस्ट पछ्याउँदै टिकटक र रिल्स बनाएका छन् । एकलाखभन्दा बढी टिकटक प्रयोगकर्ताले उक्त गीतमा भिडियो बनाएर सार्वजनिक गरेका छन् ।

स्वस्तिमा र समाइराले छायाङ्कनको दौरान उक्त गीतमा नाचेको भिडियो पनि सार्वजनिक गरेका छन् । उक्त भिडियो पनि दर्शकले रुचाएका छन् ।

यसबारे नायिका स्वस्तिमा भन्छिन्, ‘हामीले दृश्य छायांकन गर्दा बचेको समयमा नृत्यको प्राक्टिस गर्थ्यौं । हाम्री बालकलाकार समाइराले गज्जब नृत्य गरेकी छिन् । उनको कामले पनि मलाई प्रेरणा मिल्थ्यो । यी सानी नानीले गज्जब गरेकी छिन्, मैले पनि मेहनत गर्नुपर्छ भन्ने लाग्थ्यो । हामी सबैको प्रयासले गीत राम्रो बन्यो र अहिले दर्शकले रुचाएको पाउँदा मेहनतको फल पाएको आभाष भएको छ ।’

यस गीतको भिडियोको कोरियोग्राफी प्रदीप लामा गरेका हुन् । गीतमा दीपिका बयाम्बु मगर र खेम सेन्चुरीको स्वर रहेको छ। साथै, सङ्गीत खेम सेन्चुरीकै रहेको छ भने शब्द रमेश बिजीले लेखेका हुन् ।

षट्कोण आर्ट्सको ब्यानरमा बनेको यस फिल्म आगामी वैशाख १८ बाट प्रदर्शनमा आउँदैछ ।

फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् । यस फिल्मको लेखक र निर्देशक यम थापा हुन् ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  १ : १५ बजे

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका