काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कारण पोखराको आकाशमा लामो समय सम्म बन्द रहेको प्याराग्लाईडिङ्ग खेल अब भने सुरु हुने भएको छ ।
साहसिक र मनोरञ्जनका लागी उडाइने प्याराग्लाईडिङ्ग पछिल्लो समय आन्तरिक तथा बाहिय पर्यटकको रोजाइमा पर्ने गरेको छ । यस अघि हरेक दिन १ हजारदेखि १२ सय जना सम्मले उड्ने गरेको प्याराग्लाईडिङ्ग पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएसँगै बन्द भएको थियो ।
मौसममा परिवर्तन आउने र यस क्षेत्र बाट देखिने अन्नपूर्ण , माछापुच्छ्रे हिमाल लगायत पर्यटकीय स्थलहरू घुम्नका लागी स्वदेशी तथा विदेशी पाहुनाको पोखरा आउने क्रम बढ्दै जान थालेका छन् ।
पोखरा पुगेका पर्यटकको पहिलो रोजाई प्याराग्लाईडिङ्ग पर्ने हुँदा नेपाल नेपाल हवाई खेलकुद संस्थाको आयोजनामा यही चैत्र ५ गते देखी ७ गते सम्म २१ औँ नेपाल खुल्ला पुरुष तथा महिला प्याराग्लाईडिङ च्याम्पियनसिप हुने नेपाल नेपाल हवाई खेलकुद संस्थाले जानकारी गराएको छ ।
प्रतियोगितामा सहभागीताका लागी हालसम्म स्वदेशी र विदेशी गरी ९० जनाले नाम दर्ता गरी सकेका छन् ।
प्रतियोगितामा पुरुष तर्फ पहिलो , दोस्रो र तेस्रो हुनेले क्रमशः १ लाख ५० हजार , १ लाख र ५० हजार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् भने महिला तर्फ क्रमशः ७५ हजार ५० हजार र २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गने आयोजकले जनाएका छन् ।
लामो समयको बन्दका कारण पोखरा क्षेत्रमा दर्ता भएका विभिन्न ६० वटा प्याराग्लाईडिङ्ग कम्पनीमा कार्यरत ३ सय ५० पाइलटहरू बेरोजगार रहेका थिए भने प्याराग्लाईडिङ्ग लगायत पर्यटन क्षेत्र धराशायी बनेको थियो ।













प्रतिक्रिया