अमेरिका र इजरायलको तनाव बढाउने इरानका यी हतियार « Khabarhub

अमेरिका र इजरायलको तनाव बढाउने इरानका यी हतियार


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिका–इजरायल र इरानबीचको युद्ध जारी छ । युद्धरत पक्ष आ-आफ्ना अडानमा कायम रहँदा यो युद्ध कहिले रोकिने हो भन्ने अझै प्रष्ट भइसकेको छैन । युद्धका क्रममा भारी क्षति व्यहोरेपनि इरान अझै युद्ध लम्ब्याउने पक्षामा देखिन्छ ।

इरानले आक्रामक हतियारका रुपमा चालकरहित हवाई उपकरण ड्रोन र मिसाइलको प्रयोग तीव्र पारेको देखिन्छ । यस्ता हतियारको प्रयोग गरी इरानले पश्चिम एशिया क्षेत्रमा रहेका इजरायली एवम् अमेरिकी सैन्य बेस, राजदूतावास तथा अन्य सैन्य र नागरिक पूर्वाधारलाई लक्षित गरेको छ ।

यस्ता हतियारको प्रयोगबाट मानवीय र भौतिक क्षति त पुगेको छ नै, यसले विपक्षीलाई अति महँगा हवाई प्रतिरक्षा प्रणालीको व्यापक प्रयोग गर्न बाध्य समेत बनाएको छ । आज हामी इरानले पछिल्लो द्वन्द्वमा केकस्ता हतियारको प्रयोग गरिरहेको छ भन्नेबारे जानकारी दिन गइरहेका छौँ-

१. शाहेद ड्रोन- यस द्वन्द्वमा एकतर्फी ‘कामिकाजी’ अर्थात् आत्मघाती ड्रोन सम्भवतः सबैभन्दा बढी चर्चामा छ । इरानले विकास गरेको यो ड्रोन युक्रेनमा जारी युद्धमा रुसले पनि यो ड्रोन प्रयोग गरिरहेको छ । रुसमा यस ड्रोनलाई गेरान नाम दिइएको छ । यसलाई अस्थायी रकेटको प्रयोग गरी प्रक्षेपण गरिन्छ ।

१८५ किलोमिटर प्रतिघण्टाको गतिमा उड्न सक्ने यो ड्रोनमा व्यवासिक रुपमा पाइने सस्तो इन्जिन प्रयोग गरिएको हुन्छ । यस इन्जिनबाट बेग्लै किसिमको कर्कश आवाज आउँछ, जसका कारण जमिनमा रहेका मानिसहरुले यो ड्रोनले उडान भरेको सहजै थाहा पाउँछन् । यसको मारक क्षमता दुई हजार किलोमिटर छ र यसले ४० किलोग्रामसम्मको वारहेड बोक्न सक्छ । यसलाई सैन्य वा व्यावसायिक ट्रकबाट पनि सजिलै प्रहार गर्न सकिन्छ ।

२. सेज्जिल- यो इरानको सबैभन्दा उन्नत ब्यालेस्टिक मिसाइल प्रणालीमध्ये एक हो । यो इरानमै निर्मित दुई चरणको ठोस इन्धन प्रयोग हुने मध्यम दूरीको मिसाइल हो । यसको मारक क्षमता पनि दुई हजार किलोमिटर छ, जसले पश्चिम एशियाका धेरैजसो लक्ष्यहरूमा प्रहार गर्न सक्छ । यसले ७ सय किलोग्राम तौलको वारहेड बोक्न सक्छ । ठोस इन्धन प्रयोग हुने भएकाले यो क्षेप्यास्त्र प्रहार गर्न कम समय लाग्छ ।

३. खैबर शेकान- करिब १५ सय किलोमिटर मारक दूरी रहेको यो मिसाइलले इजरायलसम्म प्रहार गर्न सक्छ । यसमा स्याटेलाइट निर्देशन र दिशा परिवर्तन गर्नसक्ने वारहेड जडान गरिएको छ । करिब ४ मिटर लामो र १५ सय किलोग्राम तौल भएको यो मिसाइल वायुमण्डल भित्र १९ हजार५०० किलोमिटर प्रतिघण्टा र वायुमण्डल बाहिर ९ हजार ८ सय किलोमिटर प्रतिघण्टाको गतिमा उड्न सक्छ । यसको उच्च गतिको कारण अत्याधुनिक वायु रक्षा प्रणालीलाई पनि यसलाई रोक्न कठिन हुन्छ ।

४. खोर्रमशर- करिब दुई हजार किलोमिटर मारक क्षमता भएको यो लामो दूरीको मिसाइलले १ टनभन्दा बढी उच्च विस्फोटक पदार्थ बोक्न सक्छ । यो इरानको खुोर्रमशहर सहरको नाममा राखिएको चौथो पुस्ताको मिसाइल हो । इरानी अधिकारीहरूका अनुसार यो मिसाइल वायुमण्डल बाहिर म्याक १६ र वायुमण्डल भित्र म्याक ८ को गतिमा उड्न सक्छ ।

५. क्लस्टर बम र म्युनिसन- इरानले क्लस्टर बम जडान गरिएका ब्यालेस्टिक मिसाइलहरू पनि प्रहार गरेको छ । एउटै ठूलो विस्फोट हुने परम्परागत मिसाइलहरू जस्तो नभई, यी हतियारहरू हावामै खुल्छन् र दर्जनौँ साना विस्फोटक बमहरू फराकिलो क्षेत्रमा छर्छन् । मुख्य वारहेड हावामा खुलेपछि साना बमहरू ठूलो क्षेत्रमा फैलिन्छन् र भुइँमा ठोक्किने बित्तिकै विस्फोट हुन्छन् । विशिष्ट लक्ष्यको सट्टा फराकिलो क्षेत्रमा सर्वनाश गर्ने गरी डिजाइन गरिएकाले आधुनिक युद्धमा यी हतियारहरूलाई निकै विवादास्पद मानिन्छ ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  २ : ३४ बजे

युक्रेनले इरानको आक्रमणविरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने

एजेन्सी– युक्रेनले इरानी आक्रमणविरुद्ध खाडी सहयोग परिषद (जीसीसी) राज्यहरूको समर्थन

रास्वपाबारे शंकर पोखरेल : लोकप्रियतावाद र अराजकतावादको जगमा उदायो, जनताले एमालेको साथ छाडेका छैनन्

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी

इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिएको इजरायली रक्षामन्त्रीको दाबी

काठमाडौं- इजरायलले इरानमा गरिएको कारवाहीमा परी सुरक्षा प्रमुख अली लारिजानी

नेप्से परिसूचक १३ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको

सीको किताब जलाएपछि चीनको गम्भीर चासो, गृहले दियो कारबाहीको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पुर्‍याउने किसिमको घटनाका सम्बन्धमा