दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी « Khabarhub

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गलकोट– दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ । 

फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको दादुराका १२६ जना बिरामीलाई बोबाङ स्वास्थ्य चौकी र बुर्तिबाङ अस्पतालमा आइसोलेसनमा राखेर उपचार गरिएको थियो । दादुराबाट बोबाङ, सेराबाङ र लाकुरीबोट गाउँ प्रभावित भएका थिए । 

प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माका अनुसार बुर्तिबाङ अस्पतालमा १६ र बोबाङ स्वास्थ्यचौकीमा चार गरी २० बिरामीको उपचार भइरहेको छ । 

काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट परीक्षण गरिएकामा सात जनामा दादुरा सङ्क्रमण पुष्टि भएपछि युद्धस्तरमा बिरामीलाई खोजेर उपचार थालिएको हो ।

यसैबीच, जनस्वास्थ्य कार्यालयका खोप ‘सुपरभाइजर’ राजु खत्रीका अनुसार पाँच हजार ७६७ जनालाई दादुराविरुद्धको खोप लगाइएको छ । नगरपालिकाका सबै वडाका १० देखि १९ वर्ष उमेर समूहका किशोरकिशोरीलाई खोप लगाइएको हो । 

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  २ : ५७ बजे

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले

स्याङ्जामा जिप दुर्घटना, ११ जना घाइते

स्याङ्जा – स्याङ्जाको विरुवा गाउँपालिकामा जिप दुर्घटना हुँदा ११ जना