काठमाडौं– पूर्वराष्ट्रपति डा रामवरण यादवले अहिलेको निर्वाचनमा रास्वपाले पाएको करिब दुई तिहाइको मतको सदुपयोग हुनुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा विपुल पोख्रेलद्वारा लिखित पुस्तक सङ्कल्पन विमोचन गर्दै पूर्व राष्ट्रपति यादवले यसअघिका विभिन्न निर्वाचनमा कुनै एउटा दलले पाएको दुई तिहाइको सही उपयोग हुन नसकेको भन्दै अव भने रास्वपाले पाएको जनादेशलाई खेर जान दिन नहुने बताएका हुन् ।
उनले राजनीतिक र राष्ट्रिय कोर्श फरक हुने भएकाले सबैले अहिलेको परिवर्तनलाई आत्मसाथ गर्दै जनतादेशलाई स्वीकार गर्नुपर्नेमा जोड दिए ।
पूर्व राष्ट्रपति यादवले संसदमा प्रतिपक्षी नरहने भन्ने अभिव्यक्ति आफूले सुनेको भन्दै लोकतन्त्रमा प्रतिपक्षीलाई सम्मान गर्दै अघि बढ्न सक्नुपर्ने बताए ।
उनले ठूलो बलिदानीबाट आएको मुलुकमा संविधान बनेको भन्दै संविधानको परिधिभित्र रहेर राजनीतिक दलले आफ्नो क्रियाकलाप अघि बढाउनुपर्ने धारणा राखे ।













प्रतिक्रिया