इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिएको इजरायली रक्षामन्त्रीको दाबी « Khabarhub

इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिएको इजरायली रक्षामन्त्रीको दाबी


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इजरायलले इरानमा गरिएको कारवाहीमा परी सुरक्षा प्रमुख अली लारिजानी मारिएको दाबी गरेको छ । इजरायली रक्षामन्त्री इजरायल कट्जले लारिजानी मारिएको दाबी गरेका हुन् । यसबारे इरानी पक्षले कुनै टिप्पणी गरिसकेको छैन ।

सन् १९५८ मा इराकको नजफमा जन्मिएका लारिजानी इरानको राजनीतिमा सन्तुलित र व्यावहारिक नेताका रूपमा चिनिन्थे । उनलाई इरानको शक्तिशाली परिवारको सदस्य मानिन्छ ।

लारिजानीले गणित र कम्प्युटर विज्ञानमा स्नातक गरेपछि इमानुएल कान्टको दर्शनमा विद्यावारिधि गरेका थिए । सन् १९७९ को क्रान्तिपछि उनी इरानी रिभल्युसनरी गार्ड कोर आईआरजीसीमा आबद्ध थिए । पछि उनले संस्कृतिमन्त्री तथा सरकारी सञ्चारमाध्यमको प्रमुखका रूपमा काम गरे ।

सन् २००५ मा उनी सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को सचिव र इरानको मुख्य परमाणु वार्ताकार बनेका थिए । त्यसपछि उनी लगातार तीन कार्यकालसम्म इरानको संसदको सभामुख रहे ।

सन् २०१५ को परमाणु सम्झौता कार्यान्वयनमा उनले महत्वपूर्ण भूमिका खेलेका थिए । अमेरिका र इजरायलसँगको बढ्दो तनावका बीच उनी इरानको रणनीतिक योजनाकारका रूपमा सक्रिय थिए ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  ३ : ४७ बजे

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२