इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिएको इजरायली रक्षामन्त्रीको दाबी « Khabarhub

इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिएको इजरायली रक्षामन्त्रीको दाबी


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इजरायलले इरानमा गरिएको कारवाहीमा परी सुरक्षा प्रमुख अली लारिजानी मारिएको दाबी गरेको छ । इजरायली रक्षामन्त्री इजरायल कट्जले लारिजानी मारिएको दाबी गरेका हुन् । यसबारे इरानी पक्षले कुनै टिप्पणी गरिसकेको छैन ।

सन् १९५८ मा इराकको नजफमा जन्मिएका लारिजानी इरानको राजनीतिमा सन्तुलित र व्यावहारिक नेताका रूपमा चिनिन्थे । उनलाई इरानको शक्तिशाली परिवारको सदस्य मानिन्छ ।

लारिजानीले गणित र कम्प्युटर विज्ञानमा स्नातक गरेपछि इमानुएल कान्टको दर्शनमा विद्यावारिधि गरेका थिए । सन् १९७९ को क्रान्तिपछि उनी इरानी रिभल्युसनरी गार्ड कोर आईआरजीसीमा आबद्ध थिए । पछि उनले संस्कृतिमन्त्री तथा सरकारी सञ्चारमाध्यमको प्रमुखका रूपमा काम गरे ।

सन् २००५ मा उनी सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को सचिव र इरानको मुख्य परमाणु वार्ताकार बनेका थिए । त्यसपछि उनी लगातार तीन कार्यकालसम्म इरानको संसदको सभामुख रहे ।

सन् २०१५ को परमाणु सम्झौता कार्यान्वयनमा उनले महत्वपूर्ण भूमिका खेलेका थिए । अमेरिका र इजरायलसँगको बढ्दो तनावका बीच उनी इरानको रणनीतिक योजनाकारका रूपमा सक्रिय थिए ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  ३ : ४७ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु