भयावह मूल्यवृद्धि रोक्न पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन कांग्रेस महामन्त्री पौडेलको आग्रह  « Khabarhub

भयावह मूल्यवृद्धि रोक्न पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन कांग्रेस महामन्त्री पौडेलको आग्रह 


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असर स्वरूप देशमा महँगी वृद्धिको भयावह समस्या देखिन सक्ने भन्दै त्यसलाई रोक्न पेट्रोलियम पदार्थमा सहुलियत दिन सरकारसँग आग्रह गरेका छन् । 

यो समस्या केही समयका लागि रहिरहने शंकेत देखिएको भन्दै उनले यसले यातायात मात्र नभएर सबैतिर यसकै बहानामा भयावह मूल्यवृद्धि हुने खतरा औँल्याए । 

‘विगत केही दिनदेखि मध्यपूर्वका देशमा भएका घटनाले हामीलाई प्रभाव पार्ने देखिएको छ । मोटरसाइकल चढेर हिँड्नेदेखि दूध लिएर घर जानेसम्मका जोकोहीको पनि खर्च बढेको छ,’ उनले भने,‘सबैतिर पेट्रोलियमको मूल्यवृद्धिलाई देखाएर मूल्यवृद्धि भयावह हुने सम्भावना बढेर गएको छ ।’

सामाजिक सञ्जालमार्फत भिडियो वक्तव्य जारी गरेका उनले यो समस्या केही समयका लागि रहिरहने शंकेत देखिएको भन्दै उनले यस आधारमा सरकारले केही समय पेट्रोलियम पदार्थमा सहुलियत दिएर मूल्यलाई स्थिर राख्नुपर्ने बताए । 

‘यो समस्या केही समयका लागि रहिरहने शंकेत देखिएको छ । यस आधारमा सरकारले पेट्रोलियम पदार्थमा केही समय सम्म सहुलियत दिनुपर्छ र मूल्यलाई स्थिर बनाउनुपर्छ,’ उनले भने । 

महामन्त्री पौडेलले वैकल्पिक ऊर्जाको प्रयोगमा सरकारले नागरिकलाई सचेत समेत बनाउनुपर्ने भन्दै भान्सामा प्रयोग भइरहने एलपी ग्यासको सट्टा अब इन्डक्सन प्रयोगलाई प्रोत्साहित गर्न आग्रह गरे । 

‘वैकल्पिक ऊर्जाबाट चल्ने गाडीमा प्रोत्साहित गर्नुपर्छ । यस्तै वैकल्पिक ऊर्जाको प्रयोगबाट पेट्रोलियम पदार्थको उपभोग न्यूनीकरण गर्न सकिने सबै स्थिति प्रयोगमा ल्याउन सक्नुपर्छ,’ उनले भने । 

पेट्रोलमा भएको मूल्यवृद्धि कारण महँगी बढ्ने खतरा रहेको र त्यसलाई रोक्न सक्नुपर्ने भन्दै उनले बजार अनुगमन गरेर कालोबजारी हुन नदिन आग्रह गरे । 

‘कालोबजारी हुन नदिने उपभोग्य सामग्री सङ्ग्रह गरेर राख्ने र उपभोक्तालाई दुःख दिने प्रवृत्तिलाई पूर्ण रुपमा निरुत्साहित गर्न सरकारले सक्नुपर्छ,’ उनले भने । 

आफूले सुझाएका सतर्कताका उपाय अपनाउन सकिएमा अप्ठ्यारो अवस्थामा पनि जनजीवन सामान्य हुन सक्ने उनले बताए ।

‘सम्भाव्य अप्ठ्याराहरू अनुमान गरेर जनजीवन सामान्य बनाउनका निम्ति कार्यक्रम तय गरेर कार्यान्वयन गर्न म सरकारलाई विनम्र अनुरोध गर्न चाहन्छु,’ महामन्त्री पौडेलले भनेका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  ६ : ०७ बजे

बालेन सरकारमा जान तम्तयार यी ३० अनुहार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले संविधानको धारा ७६ (१) अनुसार एकल

सरकारी सुविधा नलिने गुरुङको घोषणा, सांसद तलब जेन-जी आन्दोलनका घाइतेलाई खर्च गर्ने

ललितपुर– गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य

पाहाँचह्रे पर्वका अवसरमा पशुपति क्षेत्रको वत्सलेश्वरीमा मूलभट्टको पूजा

काठमाडौं– मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी

लज्जास्पद हार भोगेको एमालेलाई प्रधानमन्त्रीको ढाडस : एकपल्ट हार्दैमा विचलित नहुनूस्

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की ले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

गण्डकी– गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख