सात देशमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिने निर्णय « Khabarhub

सात देशमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिने निर्णय


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font


काठमाडौं –
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सात देशमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिने निर्णय गरेको छ ।

मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै साउदी अरेबिया, यूएई, कतार, ओमान, यमन, जोर्डन, टर्कीमा कार्यरत नेपाली श्रमिकहरूलाई पुनः श्रम स्वीकृति दिने निर्णय भएको जनाएको हो ।

“साउदी अरेबिया, यूएई, कतार, ओमान, यमन, जोर्डन, टर्कीमा कार्यरत नेपाली श्रमिकहरूलाई र बिदामा नेपाल आई पुनः उल्लेखित देशहरूमा रोजगारीका लागि फिर्ता हुन चाहने नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति प्रदान गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,” मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

पश्चिम एसियामा विकसित युद्धका कारण ती देशको श्रम स्वीकृतिलगायतका कार्य रोकिएको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  ९ : २४ बजे

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को