मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन् « Khabarhub

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता मीनबहादुर विश्वकर्माले पार्टीमा अहिले दुई जना सभापति रहेको बताएसँगै विवाद उत्कर्षमा पुगेको हो ।

‘दुवै पक्षको दाबी अदालतमा विचाराधीन रहेको अवस्थामा मैले पार्टीमा हाल दुई सभापति हुनुहुन्छ भन्नु झट्ट सुन्दा कुनै पक्षका कसैलाई अप्रिय लागे पनि अदालतको निर्णय नआए सम्म कानुनी, प्राविधिक र राजनैतिक रूपले त्यही नै सत्य हो,’ विश्वकर्माले फेसबुकमा लेखेका छन् ।

उनले विश्वकर्माले १३ बुँदामा सिलसिलामा आफ्नो धारणा राखेका छन् । जसमा आफ्ना पछिल्ला अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी आइरहेको आफूले देखेको पनि बताएका छन् ।

‘यसमा मेरो कुनै गुनासो छैन । किनभने तत्कालीन अवस्थामा पार्टी एकताका लागि यसरी नै बोल्दा कुनै अर्को पक्षले यस्तै गुनासाहरू व्यक्त गर्नुहुन्थ्यो १ म विचलित भइनँ,’ उनले भनेका छन्, ‘आज पार्टीले जे परिणाम प्राप्त गरेको छ, त्यसमा पनि एक अर्कालाई दोषारोपण गरेर पार्टीका साथीहरूलाई गालीगलौज गरेर आत्मरतिमा रमाउन थाल्यौँ भने हामी झन् द्वन्द्व र विवादमा फस्दै जान्छौँ ।’

अहिलेको एक निर्वाचनमा हार बेहोर्दैमा ८० वर्षे अनुभव बोकेको कांग्रेस नसकिने उनको दाबी छ ।

उनी शेरबहादुर देउवा समूहका नेता हुन् । माघ १ गते पार्टीको विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापति निर्वाचित भएका छन् । तर देउवा समूहले विशेष महाधिवेशन नै बहिष्कार गरेको थियो । सोहीकारण उनीहरूले सभापति देउवानै रहेको दाबी गर्दै आइरहेका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  १० : ०० बजे

चितवनले विराटनगरलाई दियो १५८ रनको चुनौती

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा

दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

बाजुरा– जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल

चाडपर्वको भोजलाई सहज बनाउँदै माइडियाले ल्यायो फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा अफर

काठमाडौं– नेपालीहरूको महान् पर्व दसैँ तथा तिहारलाई लक्षित गर्दै माइडियाले आफ्ना

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

मुस्ताङ– मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ

‘कलेजी-ऊनको स्वीटर’को छायांकन सुरु, पीयूष मिश्रा पनि देखिने

काठमाडौं– नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले दर्शकमाझ छोडेका कथा, पात्र