मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन् « Khabarhub

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता मीनबहादुर विश्वकर्माले पार्टीमा अहिले दुई जना सभापति रहेको बताएसँगै विवाद उत्कर्षमा पुगेको हो ।

‘दुवै पक्षको दाबी अदालतमा विचाराधीन रहेको अवस्थामा मैले पार्टीमा हाल दुई सभापति हुनुहुन्छ भन्नु झट्ट सुन्दा कुनै पक्षका कसैलाई अप्रिय लागे पनि अदालतको निर्णय नआए सम्म कानुनी, प्राविधिक र राजनैतिक रूपले त्यही नै सत्य हो,’ विश्वकर्माले फेसबुकमा लेखेका छन् ।

उनले विश्वकर्माले १३ बुँदामा सिलसिलामा आफ्नो धारणा राखेका छन् । जसमा आफ्ना पछिल्ला अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी आइरहेको आफूले देखेको पनि बताएका छन् ।

‘यसमा मेरो कुनै गुनासो छैन । किनभने तत्कालीन अवस्थामा पार्टी एकताका लागि यसरी नै बोल्दा कुनै अर्को पक्षले यस्तै गुनासाहरू व्यक्त गर्नुहुन्थ्यो १ म विचलित भइनँ,’ उनले भनेका छन्, ‘आज पार्टीले जे परिणाम प्राप्त गरेको छ, त्यसमा पनि एक अर्कालाई दोषारोपण गरेर पार्टीका साथीहरूलाई गालीगलौज गरेर आत्मरतिमा रमाउन थाल्यौँ भने हामी झन् द्वन्द्व र विवादमा फस्दै जान्छौँ ।’

अहिलेको एक निर्वाचनमा हार बेहोर्दैमा ८० वर्षे अनुभव बोकेको कांग्रेस नसकिने उनको दाबी छ ।

उनी शेरबहादुर देउवा समूहका नेता हुन् । माघ १ गते पार्टीको विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापति निर्वाचित भएका छन् । तर देउवा समूहले विशेष महाधिवेशन नै बहिष्कार गरेको थियो । सोहीकारण उनीहरूले सभापति देउवानै रहेको दाबी गर्दै आइरहेका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  १० : ०० बजे

सरकारलाई मनिष झाले भने : गरिबको मात्रै घरटहरा नभत्काइयोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुरधाममा सार्वजनिक जग्गा

ऐन महरले भने- ठक्कर दिई ब्याक गरी किचेर मार्नेलाई कडा कारबाही गरियोस् 

काठमाडौं– नेकपा (एमाले) का सांसद ऐन बहादुर महरले कैलालीको अत्तरियामा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, अर्का घाइते

महेन्द्रनगर– मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ

काठमाडौं– प्रहरीले उदयपुर र चितवनबाट तीन जनालाई पक्राउ गरेको छ

बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा 

काठमाडौं– बाजुराको बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा पुगेको छ