सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ « Khabarhub

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुपर्ने भन्ने विषयमा बहस चर्किएको छ। पछिल्ला दिनहरूमा नेताहरूबीच यसबारे फरक–फरक धारणा सार्वजनिक हुन थालेका छन्।

नेता सुरेन्द्र पाण्डेले पार्टीभित्र सुधारका प्रस्तावहरू पटक–पटक आधिकारिक फोरम र बैठकमा प्रस्तुत गरिए पनि ती विषयलाई गम्भीरतापूर्वक छलफल नगरिएको आरोप लगाएका हुन् ।

बैठकहरूमा उठाइएका असहमतिका आवाजहरूलाई ‘नोट अफ डिसेन्ट’को सीमित दायरामा राखिएको र त्यसलाई संस्थागत रूपमा सम्बोधन नगरिएको उनको गुनासो छ ।

उनका अनुसार बैठकहरू विचार–विमर्श गर्ने थलोभन्दा औपचारिकता मात्र पूरा गर्ने माध्यम बन्न थालेका छन्।

“जब बैठक सुन्ने र सुधार्ने ठाउँ होइन, केवल सुनाउने र आदेश दिने थलो बन्छ, त्यहाँ विवेकभन्दा अहंकार हाबी हुन्छ,” उनले भने ।

यही सन्दर्भमा पार्टीका विषयहरू सामाजिक सञ्जालमा उठाउनु उपयुक्त हो कि होइन भन्ने प्रश्नसमेत उनले गरेका छन् ।

पार्टीको आगामी कार्यदिशा ‘बन्द कोठा’को सीमित निर्णय प्रक्रिया वा केही व्यक्तिको गणनाबाट होइन, आम कार्यकर्ताको भावना र आधुनिक कार्यपद्धतिअनुसार अघि बढ्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  १० : २१ बजे

चितवनले विराटनगरलाई दियो १५८ रनको चुनौती

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा

दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

बाजुरा– जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल

चाडपर्वको भोजलाई सहज बनाउँदै माइडियाले ल्यायो फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा अफर

काठमाडौं– नेपालीहरूको महान् पर्व दसैँ तथा तिहारलाई लक्षित गर्दै माइडियाले आफ्ना

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

मुस्ताङ– मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ

‘कलेजी-ऊनको स्वीटर’को छायांकन सुरु, पीयूष मिश्रा पनि देखिने

काठमाडौं– नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले दर्शकमाझ छोडेका कथा, पात्र