सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ « Khabarhub

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुपर्ने भन्ने विषयमा बहस चर्किएको छ। पछिल्ला दिनहरूमा नेताहरूबीच यसबारे फरक–फरक धारणा सार्वजनिक हुन थालेका छन्।

नेता सुरेन्द्र पाण्डेले पार्टीभित्र सुधारका प्रस्तावहरू पटक–पटक आधिकारिक फोरम र बैठकमा प्रस्तुत गरिए पनि ती विषयलाई गम्भीरतापूर्वक छलफल नगरिएको आरोप लगाएका हुन् ।

बैठकहरूमा उठाइएका असहमतिका आवाजहरूलाई ‘नोट अफ डिसेन्ट’को सीमित दायरामा राखिएको र त्यसलाई संस्थागत रूपमा सम्बोधन नगरिएको उनको गुनासो छ ।

उनका अनुसार बैठकहरू विचार–विमर्श गर्ने थलोभन्दा औपचारिकता मात्र पूरा गर्ने माध्यम बन्न थालेका छन्।

“जब बैठक सुन्ने र सुधार्ने ठाउँ होइन, केवल सुनाउने र आदेश दिने थलो बन्छ, त्यहाँ विवेकभन्दा अहंकार हाबी हुन्छ,” उनले भने ।

यही सन्दर्भमा पार्टीका विषयहरू सामाजिक सञ्जालमा उठाउनु उपयुक्त हो कि होइन भन्ने प्रश्नसमेत उनले गरेका छन् ।

पार्टीको आगामी कार्यदिशा ‘बन्द कोठा’को सीमित निर्णय प्रक्रिया वा केही व्यक्तिको गणनाबाट होइन, आम कार्यकर्ताको भावना र आधुनिक कार्यपद्धतिअनुसार अघि बढ्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  १० : २१ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको