खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो « Khabarhub

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडाउँदा करोडौँको क्षति भएको छ । गएराति करिब ८ बजेबाट सुरु भएको वर्षासहितको हावाहुरीले जिल्लास्थित विभिन्न ठाउँका दर्जनौँ स्थानीयवासीको घरगोठ तथा केही विद्यालयका छाना उडाएको हो ।

हावाहुरीले हलेसी तुवाचुङ नगरपालिका–३, च्यास्मिटारस्थित छोर्तिपास्थित एउटै टोलका १५, सोही नगरपालिकाको बाहुनीडाँडा र धितुङका स्थानीयवासीको २५ घरको छाना उडाएको जानकारी प्राप्त भएको नगरप्रमुख बिमला राईले बताइन् ।

सोही नगरपालिका–८, धितुङका छविलाला सार्की, कमलबहादुर सार्की र मानबहादुर सार्कीको घरको छानो हावाहुरीले उडाएको बताइएको छ । हावाहुरीले गरेको क्षतिको विवरण संकलन गर्न सम्बन्धित वडा कार्यालयबाट जनप्रतिनिधिसहितको टोली परिचालन गरिएको नगरप्रमुख राईले जानकारी दिइन् ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार रावाबेँसी गाउँपालिका–१, कुभिण्डे हरमटारस्थित युवराज भट्टराईको घर, दिप्रुङ चुइचुम्मा गाउँपालिका–१, याम्खाका केशव पराजुली, कुमार श्रेष्ठ, रमेश श्रेष्ठ तथा दिक्तेल रुपाकोट मझुवागढी–७, दोर्पाका सुनसरी राई, सोही नगरपालिका–३, बाम्राङका पदमबहादुर कटुवालको घरको छानो हावाहुरीले उडाएको छ ।

यसरी जिल्लाका धेरै ठाउँमा क्षति भएको जानकारी आए पनि यकिन विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले बताए ।

शिक्षा विकास तथा समन्वय इकाई खोटाङका प्रमुख तीथ विश्वकर्माले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२, जापलास्थित जनता आधारभूतलगायत जिल्लाका अधिकांश विद्यालयमा क्षति पुर्‍याएको सूचना आएको बताए । क्षतिको यकिन विवरण आउन बाँकी रहेको उनले जानकारी दिए ।

असिनापानीसहित चलेको हावाहरीले रुख ढलेकाले जिल्लाका अधिकाशं ग्रामीण सडक अवरुद्ध भएका छन् । अवरुद्ध सडक सञ्चालनका लागि सम्बन्धित स्थानीय तहका जेसीबी प्रयोगमा ल्याइएको जनाइएको छ ।

हावाहरीका कारण सामुदायिक रेडियो हलेसी एफएम १०२.४ मेगाहर्जको मुडेमा रहेको रिपिटर टावरमासमेत क्षति पुगेको सञ्चालक समिति अध्यक्ष विष्णुकुमार राईले जानकारी दिए ।

यस्तै, हावाहुरीका कारण गएरातिबाट अवरुद्ध विद्युत् सेवा सञ्चालनमा आएको छ । उदयपुरको जलजले र ओखलढुंगाबाट आउने ३३ केभी प्रसारण लाइन विद्युतमा देखिएको समस्या समाधान गरेपछि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  १० : ५६ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता