एउटै स्टारलाई दर्शकले कति हेर्लान् ? « Khabarhub

एउटै स्टारलाई दर्शकले कति हेर्लान् ?

४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट

57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  मुख्यतः नेपालमा तीन प्रकारका फिल्मले ओपनिङ राम्रो गरेको पाइन्छ । पहिलो स्टार कास्ट भएको फिल्म, दोस्रो विगतमा राम्रो छवि बनाएको टिमको फिल्म र तेस्रो प्रचारमा हाइप बनाएको फिल्म । 

स्टारडमको आडमा फिल्मको राम्रो ओपनिङ गराउने नायकका रुपमा अनमोललाई लिइन्छ । विगतका उनका फिल्मको ओपनिङ कलेक्सनले पनि त्यही देखाउँछ । 

छक्का पञ्जा, रामबाबु गुरुङ–उपेन्द्र सुब्बा र प्रदीप भट्टराईको षट्कोण आर्टस्का फिल्महरू टिमकै कारण चर्चामा रहन्छ । यी टिमले राम्रो फिल्म बनाउँछन् भन्ने छाप दर्शक समक्ष परेको छ ।

प्रचारमा आक्रामक दिएका फिल्महरू पनि ओपनिङ राम्रो भएको छ । यसको उदाहरणका रुपमा गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘ऊनको स्वीटर’लाई लिँदा हुन्छ । सबै गीतहरू हिट भएर फिल्मको हाइप बढ्यो, सुरुवातदेखि नै फिल्मको व्यापार उच्च भयो । 

तर, मेकरहरू चर्चित कलाकारहरूको आडमा फिल्म चलाउन दाउ छोप्ने गरेको पाइन्छ । केही मेकरहरू ‘यो हिरोले मेरो फिल्म गर्‍यो भने यति लाख दिन्छु’ भन्दै चियागफमा प्रस्तुत भएको पाइन्छ । यो स्टारको आडमा फिल्म चलाउने दाउ नै हो । 

तर, यो दाउ पुरानो जुक्ति हो । अहिले काम गर्दैन । नभए स्टारहरूकै फिल्मको व्यापारको हरिबिजोग किन हुन्थ्यो ? 

अहिले टिकटक स्टारलाई फिल्ममा ल्याउनुको कारण पनि उनीहरूको चर्चाको आड व्यापार गर्न हो । तर, यो पनि दिगो हुने देखिँदैन । टिकटकरहरूको फिल्म पनि सुपरफ्लप नै छन् ।

दर्शक नै रनभुल्लमा !

 वर्षमा एक फिल्म चलेपछि त्यो फिल्मका शीर्ष कलाकार खाली बस्नु पर्दैन । यसको पछिल्लो उदाहरण नायक विजय बराललाई लिँदा हुन्छ । 

गत वर्ष प्रदर्शनमा आएको उनको ‘पूर्णबहादुरको सारङ्गी’ नेपाली फिल्म इतिहासकै सर्वाधिक हिट बन्यो । सोही फिल्मबाट लिड नायकमा डेब्यु गरेका बराललाई अहिले भ्याइनभ्याइ छ । 

दयाहाङ राईका पनि वर्षमा एक फिल्म हिट भएकै हुन्छ । सोहीकारण उनलाई फिल्मको कमी नै हुँदैन । मेकरहरू भन्छन्, ‘दयाहाङको समय पाउनै मुस्किल ।’

यसरी स्टारलाई फिल्ममा लिन तँछाडमछाड गर्ने र प्रदर्शनका लागि उपयुक्त समय चयन नगर्दा दर्शक नै रनभुल्लमा परेको पाइन्छ । 

गायनमा चर्चामा रहेकाले प्रकाशलाई फिल्म पाए । यो वर्ष फिल्ममा व्यस्त नायकका उनी पनि गनिन्छन् । मेकरहरू उपयुक्त प्रदर्शन मिति चयन गर्न नसक्दा जेका लागि उनलाई लिइएको हो त्यही कुराबाट बञ्चित भए । 

गत वर्ष प्रकाशका चार फिल्म प्रदर्शनमा आए– माइतीघर, हरिबहादुरको जुत्ता, सोल्टिनी र मिरमिरे । 

एक महिनाको भित्र उनका तीन फिल्म प्रदर्शनमा आए । अझ फूलपातीको दिन त उनको दुई फिल्महरू ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ एक साथ प्रदर्शनमा आए ।

अब दर्शकले प्रकाशको कुन फिल्म हेर्नु ? सबै फिल्म हेर्न हो भने एक महिनामा १२ सय त टिकटकै लागि छुट्याउनुपर्‍यो । एक फिल्म हेर्नका लागि छुट्याउनुपर्ने समय अर्को पाटो भयो ।

गत वर्ष दयाहाङको ६ फिल्म प्रदर्शनमा आए । दुई फिल्ममा उनी अतिथीय भूमिकामा छन् । चार फिल्म फिल्ममा शीर्ष भूमिका निर्वाह गरे । अब एक स्टारका लागि फ्यान वर्षमा चार पटक निश्चित समय तालिका भित्र दर्शक हलमा आउँछन् ? 

यो कलाकार र मेकरहरूले आफूले आफैँलाई गर्नुपर्ने प्रश्न हो । एक स्टारका लागि दर्शकले कति पैसा र समय खर्च गर्लान् ? 
गत वर्षको सुरुवातमा सौगात मल्लको महिनापिच्छै नै नयाँ–नयाँ फिल्म प्रदर्शनमा आए । उनका फिल्म हिट हुन फ्यानहरूले हरेक महिना हलमा जानुपथ्र्यो । यो सम्भव होला ? व्यवहारिकरुपमा सोच्न जरुरी छ । 

चर्चित कलाकारलाई फिल्ममा लिन प्रचार र व्यापारको दृष्टिले मेकरलाई लाभदायक नै हुनुपर्ने हो । तर, पछिल्लो समय त्यस्तो देखिएको छैन । बढी संख्या फिल्म दिने नायकहरू गत वर्ष व्यापारिक सफलतामा पछारिए । 

महिना दिनभन्दा कम वरपरको समय, अझ बक्स अफिसमा फिल्म नै जुधाउने, एक वर्षभित्रै ठूलो संख्यामा फिल्म दिने स्टारहरूकै दर्शक अलमलमा परेका छन् । हुन पनि कुन फिल्म हेर्ने र कुन कुन हेर्न जाने ? 

हुन त निर्माण पक्ष र वितरकको निर्णयले प्रदर्शन मिति तय हुन्छ । यसमा कलाकारहरूको भूमिका कम हुन सक्छ । तर, पनि ‘कुन फिल्म हेर्नु ?’ भनेर दर्शन नै अलमलमा पर्ने छोटो समयमा धेरै फिल्म ल्याउँदा दर्शकप्रति लोयल नभएको सन्देश जान सक्छ ।

महिनैपिच्छे फिल्म दिनुलाई पनि ‘खाए खाए नखाए…’ भनेर अर्थ लगाउनेहरूको कमी छैन । दर्शकले त्यही बुझे भने ? फेरि तिनै दर्शकले बनाएको स्टारको हालत के होला ? 

 गत वर्ष दयाहाङको ६ फिल्म प्रदर्शनमा आए । दुई फिल्ममा उनी अथितीय भूमिकामा छन् । चार फिल्म फिल्ममा शीर्ष भूमिका निर्वाह गरे । अब एक स्टारका लागि फ्यान वर्षमा चार पटक निश्चित समय तालिका भित्र दर्शक हलमा आउँछन् ?

यो कलाकार र मेकरहरूले आफूले आफैँलाई गर्नुपर्ने प्रश्न हो । एक स्टारका लागि दर्शकले कति पैसा र समय खर्च गर्लान् ?

 गत वर्षको सुरुवातमा सौगात मल्लको महिनापिच्छै नै नयाँ–नयाँ फिल्म प्रदर्शनमा आए । उनका फिल्म हिट हुन फ्यानहरूले हरेक महिना हलमा जानुपथ्र्यो । यो सम्भव होला ? व्यवहारिकरुपमा सोच्न जरुरी छ । 

चर्चित कलाकारलाई फिल्ममा लिन प्रचार र व्यापारको दृष्टिले मेकरलाई लाभदायक नै हुनुपर्ने हो । तर, पछिल्लो समय त्यस्तो देखिएको छैन । बढी संख्या फिल्म दिने नायकहरू गत वर्ष व्यापारिक सफलतामा पछारिए । 

महिना दिनभन्दा कम वरपरको समय, अझ बक्स अफिसमा फिल्म नै जुधाउने, एक वर्षभित्रै ठूलो संख्यामा फिल्म दिने स्टारहरूकै दर्शक अलमलमा परेका छन् । हुन पनि कुन फिल्म हेर्ने र कुन कुन हेर्न जाने ? 

हुन त निर्माण पक्ष र वितरकको निर्णयले प्रदर्शन मिति तय हुन्छ । यसमा कलाकारहरूको भूमिका कम हुन सक्छ । तर, पनि ‘कुन फिल्म हेर्नु ?’ भनेर दर्शन नै अलमलमा पर्ने छोटो समयमा धेरै फिल्म ल्याउँदा दर्शकप्रति लोयल नभएको सन्देश जान सक्छ ।

महिनैपिच्छे फिल्म दिनुलाई पनि ‘खाए खाए नखाए‘ भनेर अर्थ लगाउनेहरूको कमी छैन । दर्शकले त्यही बुझे भने ? फेरि तिनै दर्शकले बनाएको स्टारको हालत के होला ?

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  १० : ४४ बजे

आज अन्तर्राष्ट्रिय मित्रता दिवस, आपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

काठमाडौँ– आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम

कार्यकारी वालेन्द्रमाथि भाइरल बालेनको थिचोमिचो !

समकालीन राजनीतिमा बालेन र वालेन्द्र एउटै इन्जिनबाट सञ्चालित जहाजका दुई

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो