१८ वर्षपछि फेसबुकले जुराएको पुनर्मिलन : छोरा जीवितै रहेको खबरले परिवारमा खुसीयाली « Khabarhub

१८ वर्षपछि फेसबुकले जुराएको पुनर्मिलन : छोरा जीवितै रहेको खबरले परिवारमा खुसीयाली


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ का डम्बरबहादुर नेगीको परिवारमा १८ वर्षपछि खुसी फर्किएको छ । रोजगारीका लागि भारत गएका बेला बेपत्ता भएका छोरा दीपक जीवितै रहेको खबर सामाजिक सञ्जाल फेसबुकमार्फत थाहा पाएपछि परिवार अहिले पुनर्मिलनको प्रतीक्षामा छ ।

घरको कमजोर आर्थिक अवस्थाका कारण १८ वर्षको उमेरमा भारतको हिमाञ्चल पुगेका दीपक बिरामी परेपछि अस्पताल जाने बहानामा सम्पर्कविहीन भएका थिए । लामो समयसम्म खोजी गर्दा पनि पत्तो नलागेपछि परिवारले छोराको आश मारिसकेको थियो । तर, भारतको लेह–लद्दाख क्षेत्रमा चौँरीगोठमा काम गरिरहेका एक नेपालीले दीपकसँग भेट गरी उनको भिडियो फेसबुकमा सार्वजनिक गरेपछि यो सुखद संयोग जुरेको हो ।

“भगवान्‌ले नै आएर खबर सुनाएजस्तो भयो,” छोराको तस्बिर मोबाइलमा देख्दा भावुक बनेका बुबा डम्बरबहादुरले भने, “यति वर्षपछि छोराको खबर पाउनु नयाँ जीवन पाएजस्तै हो ।” आमा मानमतीको खुसी पनि कम्ती छैन । छोरालाई छिट्टै देख्न पाउने आशमा उनका आँखा अझै ओभानो हुन सकेका छैनन् ।

दीपक हाल मानसिक रूपमा केही अस्वस्थ रहेको र उनलाई काम दिने साहुले नै उपचार गराइरहेको जानकारी प्राप्त भएको छ । परिवारले उनीसँग भिडियो कलमार्फत संवाद समेत सुरु गरिसकेको छ । हाल दिल्लीमा रहेका दीपकका दाजु र भाउजूले आगामी वैशाख २० गते लद्दाख पुगेर उनलाई घर ल्याउने तयारी गरेका छन् ।

शुक्लाफाँटा–१२ का वडाध्यक्ष नवलसिंह रानाका अनुसार प्रहरीमार्फत सूचना प्राप्त भएपछि वडा कार्यालयले परिवारसँग समन्वय गरेको थियो । “फेसबुकका कारण वर्षौँदेखि हराएको व्यक्ति फेला पर्नु प्रविधिको सकारात्मक प्रयोग हो,” उनले भने । नेगी परिवारका तीन छोरामध्ये माइला दीपक १८ वर्षअघि बेपत्ता भएका थिए ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ५ : ३५ बजे

विकल्प नदिई उठिबास नलगाउन माग गर्दै मोरङका भूमिहीन सुकुम्वासीको प्रदर्शन

काठमाडौं- विकल्प नदिई उठिबास नलगाउन माग गर्दै मोरङका भूमिहीन सुकुम्वासीहरूले

विद्या भण्डारीलाई एमालेले दियो पार्टी सदस्यता

काठमाडौं- नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिएको छ।

संसदीय सुनुवाइ समितिमा उजुरी : शर्मालाई प्रधानन्यायाधीश बनाउने होइन, महाभियोग लगाउनुपर्छ

काठमाडौं- प्रधानन्यायाधीश पदमा सिफारिस भएका डा. मनोज कुमार शर्माको नियुक्ति

विश्वकपअघि इरानी टोली टर्की प्रस्थान

तेहरान- सन् २०२६ को विश्वकप फुटबल प्रतियोगिताअघि अन्तिम तयारीलाई तीव्र

विज्ञको दाबी : अबको २४ देखि ४८ घण्टाभित्र इरानमाथि फेरि हमला सुरू गर्न सक्छ अमेरिका

तेहरान- पश्चिम एसियाको तनावबीच अमेरिकाले आगामी २४ देखि ४८ घण्टाभित्र