आईपीएल: डी ककको शतक छायामा, मुम्बईलाई ७ विकेटले हराउँदै पञ्जाब शीर्ष स्थानमा « Khabarhub

आईपीएल: डी ककको शतक छायामा, मुम्बईलाई ७ विकेटले हराउँदै पञ्जाब शीर्ष स्थानमा

प्रभसिमरन र श्रेयसको उत्कृष्ट ब्याटिङमा पञ्जाबको सानदार जित


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

मुम्बई– ओपनर प्रभसिमरन सिंह र कप्तान श्रेयस ऐरको उत्कृष्ट ब्याटिङको मद्दतले पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा बिहीबार मुम्बई इन्डियन्समाथि ७ विकेटको सानदार जित हात पारेको छ । मुम्बईले प्रस्तुत गरेको १ सय ९६ रनको लक्ष्य पञ्जाबले २१ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर पूरा गरेको हो ।

पञ्जाबको जितमा प्रभसिमरनले ३९ बलमा ११ चौका र २ छक्कासहित अविजित ८० रनको योगदान दिए । उनलाई दोस्रो इनिङ्समा कप्तान श्रेयस ऐरले साथ दिएका थिए । ऐरले ३५ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ६६ रन बनाए । उनी १५ औँ ओभरमा शार्दूल ठाकुरको बलमा आउट हुनुअघि लगातार तेस्रो खेलमा अर्धशतक पूरा गर्न सफल भए ।

सुरुआती ब्याटर प्रियान्श आर्य (१५) र कूपर कोनोली (१७) सस्तैमा आउट भएपछि पञ्जाब ४५–२ को स्थितिमा पुगेको थियो । मुम्बईका अफगानी बलर एएम गजनफरले दुवै विकेट लिए पनि त्यसपछिको साझेदारी तोड्न मुम्बईका बलरहरू असफल रहे । यो जितसँगै ५ खेलमा अपराजित रहेको पञ्जाब अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलमा मात्र एक जित निकालेको मुम्बई नवौँ स्थानमा छ ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले क्विन्टन डी ककको शतकीय इनिङ्सको मद्दतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । यस सिजनको पहिलो खेल खेलिरहेका डी ककले मात्र ६० बलमा ८ चौका र ७ छक्का प्रहार गर्दै अविजित १ सय १२ रन जोडेका हुन्। यससँगै उनी तीन फरक टोलीबाट शतक प्रहार गर्ने तेस्रो खेलाडी बनेका छन् । यसअघि सञ्जु सामसन र केएल राहुलले शतक बनाएका थिए ।

मुम्बईका लागि नमन धीरले ३१ बलमा ४४ रन बनाउँदै डी ककसँग तेस्रो विकेटका लागि १ सय २२ रनको साझेदारी गरेका थिए। कप्तान हार्दिक पाण्ड्या १४ रनमा आउट हुँदा सूर्यकुमार यादवले खाता खोल्न सकेनन् । पञ्जाबका अर्शदीप सिंहले कसिलो बलिङ गर्दै २२ रन खर्चेर ३ विकेट लिए । उनी प्लेयर अफ द म्याच बने ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ६ : २३ बजे

दुई धार्मिक समुदायका अगुवालाई एकै ठाउँ राखे रविले

काठमाडौं- सुनसरीसहित तराई-मधेशमा देखिएको तनाव कम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी

बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

चितवन– बागमती प्रदेशका १० जिल्लामा एक हजार ९२४ सडक दुर्घटना

नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु

भद्रपुर– बुद्धशान्ति गाउँपालिका–६ स्थित सिँचाइका लागि बनाइएको नहरमा डुबेर १० वर्षीय

भ्रामक भिडियो पोस्ट नगर्न आग्रह

वीरगञ्ज– प्रमुख जिल्ला अधिकारी भोला दाहालले फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक

गगनले गरे कोशी र मधेसका नेता सांसदसँग छलफल

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जुम बैठक र काठमाडौंमा