मातातीर्थमा श्रद्धालुको भीड (तस्बिरहरू) « Khabarhub

मातातीर्थमा श्रद्धालुको भीड (तस्बिरहरू)


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औंसीका दिन मनाइने ‘आमाको मुख हेर्ने’ पर्व आज देशभर श्रद्धा, भक्ति र सम्मानका साथ मनाइँदैछ। सोही अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा श्रद्धालुको भीड लागेको छ ।

जन्मदाता आमाप्रति कृतज्ञता व्यक्त गर्ने यस दिन छोराछोरीले आमालाई मीठा परिकार खुवाउने, नयाँ लुगा लगाइदिने र आशीर्वाद थाप्ने परम्परा रहँदै आएको छ।

वैदिक सनातन परम्पराअनुसार आमा उपाध्याय, आचार्य र पिताभन्दा पनि महान् मानिन्छिन्। शास्त्रमा यस दिन आमाप्रति श्रद्धा प्रकट गर्दै उहाँको सम्मान गर्ने र आशिर्वाद ग्रहण गर्ने चलन रहेको उल्लेख छ। बिहानै स्नान गरी आमालाई मनपर्ने परिकार खुवाउने तथा सम्मान प्रकट गर्ने संस्कार नेपाली समाजमा विशेष रूपमा पालन गरिन्छ।

आमा दिवङ्गत भइसकेकाहरूले भने तर्पण, पिण्डदान र सिदादान गरी श्राद्ध गर्ने गर्छन्। यसरी गरिएको कर्मबाट दिवङ्गत आमाको आत्मा प्रसन्न भई सन्तानलाई आशीर्वाद दिने धार्मिक विश्वास छ।

वैदिक ग्रन्थमा उल्लेखित ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भन्ने उक्तिले आमा र जन्मभूमिको महत्वलाई विशेष रूपमा उजागर गरेको छ। नौ महिनासम्म गर्भमा राखी सन्तानलाई जन्म दिने भएकाले आमाको स्थान अत्यन्त उच्च मानिन्छ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ९ : ०० बजे

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति बने

बेइजिङ – बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा

किसानको गुनासो- खेतमा धान पाकिसक्यो, मौसम बिग्रने हल्लाले काट्ने की नकाट्ने दुबिधामा छौँ

बागमती–  हटिया, चौघडा, कमानेका किसानलाई धान थन्क्याउने चटारो छ, भने कतिपयलाई

प्रधानमन्त्री राहत कोषमा पशुपति फाउन्डेसन अमेरिकाको डेढ करोड सहयोग

काठमाडौँ– भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि अमेरिकाको

भारी वर्षाको सम्भावनापछि मकवानपुरमा उच्च सतर्कता अपनाउन आग्रह

हेटौँडा– बङ्गालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातका कारण भारी वर्षाको सम्भावना

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’ : ७५ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम गर्ने