मातातीर्थमा श्रद्धालुको भीड (तस्बिरहरू) « Khabarhub

मातातीर्थमा श्रद्धालुको भीड (तस्बिरहरू)


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औंसीका दिन मनाइने ‘आमाको मुख हेर्ने’ पर्व आज देशभर श्रद्धा, भक्ति र सम्मानका साथ मनाइँदैछ। सोही अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा श्रद्धालुको भीड लागेको छ ।

जन्मदाता आमाप्रति कृतज्ञता व्यक्त गर्ने यस दिन छोराछोरीले आमालाई मीठा परिकार खुवाउने, नयाँ लुगा लगाइदिने र आशीर्वाद थाप्ने परम्परा रहँदै आएको छ।

वैदिक सनातन परम्पराअनुसार आमा उपाध्याय, आचार्य र पिताभन्दा पनि महान् मानिन्छिन्। शास्त्रमा यस दिन आमाप्रति श्रद्धा प्रकट गर्दै उहाँको सम्मान गर्ने र आशिर्वाद ग्रहण गर्ने चलन रहेको उल्लेख छ। बिहानै स्नान गरी आमालाई मनपर्ने परिकार खुवाउने तथा सम्मान प्रकट गर्ने संस्कार नेपाली समाजमा विशेष रूपमा पालन गरिन्छ।

आमा दिवङ्गत भइसकेकाहरूले भने तर्पण, पिण्डदान र सिदादान गरी श्राद्ध गर्ने गर्छन्। यसरी गरिएको कर्मबाट दिवङ्गत आमाको आत्मा प्रसन्न भई सन्तानलाई आशीर्वाद दिने धार्मिक विश्वास छ।

वैदिक ग्रन्थमा उल्लेखित ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भन्ने उक्तिले आमा र जन्मभूमिको महत्वलाई विशेष रूपमा उजागर गरेको छ। नौ महिनासम्म गर्भमा राखी सन्तानलाई जन्म दिने भएकाले आमाको स्थान अत्यन्त उच्च मानिन्छ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ९ : ०० बजे

सरकारसँग जनता असुरक्षित हुन थाले : एमाले सचेतक घतानी (अन्तर्वार्ता)

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा मनोनीत भएकी निता

पश्चिम एसियामा मिसाइल चल्दा नेपालका सडकमा असर, बिटुमिन नआउँदा रोकियो कालोपत्र

काठमाडौं- इरान र संयुक्त राज्य अमेरिकाबीचको युद्धले यतिबेला पश्चिम एसियालाई

रास्वपा उपनेता पराजुली भन्छन् : अरू दलले नगरेको काम गरेका छौँ, नीति तथा कार्यक्रमले राष्ट्रलाई मार्गनिर्देशन गर्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपनेता पराजुलीले सरकारको नीति

‘पारस्परिक लाभ, सम्मान र बहुपक्षीय सहकार्यका आधारमा परराष्ट्र सम्बन्ध’

काठमाडौं- सरकारले छिमेकी तथा मित्र राष्ट्रहरूसँग पारस्परिक लाभ, सम्मान र

आजका समाचार : आयो नीति तथा कार्यक्रम, संसद्‌मा पुगे आठवटै अध्यादेश, सरकारलाई सर्वोच्चको धक्का र राष्ट्रपति ट्रम्प बुधबार चीन जाँदै

भूमिहीन सुकुम्बासीको समस्यालाई दीर्घकालीन समाधान गरिनेसरकारले भूमिहीन सुकुम्बासीको समस्यालाई दीर्घकालीन